२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी रहने, राष्ट्रियसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने



अ+ अ-

काठमाडौँ । आज प्रतिनिधि र राष्ट्रियसभाको बैठक बस्ने भएको छ ।

प्रतिनिधिसभाको बैठक विहान ११ बजे बस्नेछ । प्रतिनिधिसभामा सोमबारदेखि सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल आज पनि जारी रहनेछ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले यही जेठ १५ मा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको वार्षिक राजस्व र व्ययको अनुमान प्रस्तुत गर्नुभएको थियो । बजेटमाथिको सामान्य छलफलपछि  विस्तृत मन्त्रालयगत छलफल भने पछि हुनेछ ।

राष्ट्रियसभाको आजको बैठकमा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषयमा मन्तव्य राख्नुहुने सम्भावित कार्यसूची छ । विहान ११ः११ बजे सुरु हुने भनिएको बैठकमा सुरुमा प्रधानमन्त्री दाहालले आफ्ना  भनाइ राख्नुहुनेछ । राष्ट्रियसभाको सोमबारको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम भए पनि विशेष कारणले प्रधानमन्त्री खप्तड जानुपर्नेभएछि बैठक सूचना टाँस गरी आज विहानका लागि सारिएको थियो ।

आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिकको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ । अर्थमन्त्रीले उक्त प्रस्ताव पेस गरेपछि उक्त प्रस्तावमाथि सामानय छलफल सुरु हुने सम्भावित कार्यसूची छ ।