९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

चर्चामा आउन सडक अनुगमन गरेका होइनौँः भौतिकमन्त्री ज्वाला

चर्चामा आउन सडक अनुगमन गरेका होइनौँः भौतिकमन्त्री ज्वाला
अ अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चर्चामा आउनका लागि नभइ दिगो र कार्यान्वयन गर्नेगरी सडक अनुगमन गरिरहेको बताउनुभएको छ ।

मंगलवार भौतिक तथा पूर्वाधारमन्त्री ज्वालाले चक्रपथको दोस्रो खण्डका रूपमा कलंकीदेखि बसुन्धरासम्मको सडकको स्थलगत निरीक्षण गर्ने क्रममा यस्तो बताउनुभएको हो । उहाँले कंलकीदेखि बसुन्धरासम्मको सडक निर्माणमा देखिएका समस्या स्थलगत निरीक्षणबाट समाधान खोज्नको लागि चीनियाँ राजदुत,आयोजना प्रमुखसहित अनुगमन गरिएको बताउनु भयो। उहाँले कलंकीदेखि महाराजगञ्जसम्मको ८.२ किमि सडक खण्ड बिस्तार गर्न कुनैपनि समस्या नदेखिएको बताउनु भयो ।

उहाँले सडक निर्माण गर्न सडकको दुवैतर्फ कुनैपनि समस्या नदेखिएकाले चाँडै डिपिआर तयार गरेर ठेक्का प्रक्रियामा जाने बताउनु भयो। उहाँले कंलकीदेखि बसुन्धारासम्मको रिङ रोड सडक खण्डको दोस्रो चरणको निर्माण चीन सरकारको अनुदानमा बन्न लागेको बताउनु भयो । उहाँले उक्त खण्डमा ढुङगेधारा, गोगबु र बसुन्धारामा अण्डरग्राउण्ड पास आवश्यकता देखिएकाले चीन सरकारसँग सहमति गरेर तीन ठाउँमा अण्डरपास बनाउने सहमति समेत भएको बताउनु भयो । मन्त्री ज्वालाले कंलकीदेखि बसुन्धरासम्म ८ लेनको फराकिलो सडक निर्माण अब तत्काल अगाडि बढ्ने आशा जगाएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘कंलकी देखि बसन्धरासम्मको रिङ रोड सडक निर्माण आयोजनाको स्थलगत निरीक्षण गरेका छौं । उक्त सडक चीन सरकारको अनुदानमा निर्माण कार्य भइरहेको छ । पहिलो चरणको कोटेश्वदेखि कलंकीसम्मको सडक निर्माण सकेका छौं । कंलकीदेखि धोबी खोलासम्मको ११ किलोमिटरमा ८.२ किलोमिटर सडक निर्माणको कार्य अघि बढेको छ । सडक निर्माणको लागि दुवैतर्फ खालि भइसकेको छ । सडक खालि गर्ने विषयमा खासै समस्या छैनन् । तत्काल निर्माण प्रक्रिया अगाडि बढाउन चीन सरकारलाई आग्रह गर्दछौं । सडकको डिपिआर बनाउने कार्य अघि बढेको छ । डिपिआर तयार हुने बित्तिकै टेण्डर प्रक्रियामा गएरपछि दोस्रो चरणको सडक निर्माण कार्य अघि बढ्छ । सडक निर्माणमा समस्या रहेका विषयमा फिल्डमा नै गएर समाधान गर्न अनुगमन र निरीक्षण गर्न लागेको हो ।

साइट क्लेरिङमा कुनै समस्या देखिएको छैन अन्य बाँकी काम तुरुन्तै समाधान गर्छौं । सडक निर्माणको लागि चीनसँग थप कम्पोमेन्टको माग गरेका छौं । ढुङ्गेधारा,गोगबु,बसुन्धार तीन क्षेत्रमा अण्डरपास बनाउन आवश्यक छ भनेर तीन वटा थप योजना थप्न आग्रह गरौं । उहाँहरु समत हुनु भयो । अब कंलकीदेखि बसुन्धरासम्म ८ लेनको सडक निर्माण गछौं । हामी सडक अनुगमन र तामझाम मात्रै गर्ने चर्चा परिचर्चामा आइरहने भन्दा पनि दिगो खालका भन्दा पनि सरकारले निर्णय गरेपछि कार्यान्वयन गर्नेगरी काम गने प्रयास गरिरहेका छौं । हामीले अनुगमन गरिसकेपछि निमाण प्रक्रिया ढिला भएका आयोजनाहरुको कामको प्रगति बढेको छ । राजधानी जोड्ने सडकहरु वर्षायाममा बन्द नहोस भनेर पूर्वतयारी गरिरहेका छौं ।’

उहाँले मन्त्री भएर आएपछि अनुगमन गरिसका सडक निमाण प्रक्रिया ढिला भएका आयोजनाहरुको कामको प्रगति तिब्र रुपमा बढेको बताउनु भयो । उहाँले राजधानी जोड्ने सडकहरु वर्षा याममा बन्द नहुने गरी सरकारले पूर्वतयारी गरिरहेको बताउनु भयो । सडक अनुगमनमा नेपालका लागि चिनियाँ राजदुतमा छन् सोङ,भौतिक मन्त्रालयका सचिव केशव शर्मा,आयोजना प्रमुख लगायतको सहभागिता रहेको थियो ।

यसअघि कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वरसम्म सडक बिस्तार गरेको चिनियाँ पक्षले दोस्रो चरणअन्तर्गत कलंकीदेखि बसुन्धरासम्म सडक बिस्तारका लागि तयारी थालेको हो। तयारीसँगै सडक वरपर मिचेर बनाइएका संरचना हटाउनाका साथै निर्माणस्थलसमेत खालि गरिसकेको छ ।