१० असार २०८३, बुधबार
,
Latest
लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनकोशी नदीमा भेटियो बेपत्ता भएका सीटीईभीटीका दुई कर्मचारीको शव



अ+ अ-

काठमाडौँ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा खसेर बेपत्ता सिटिइभिटीका कर्मचारी चढेकोे गाडी र दुई जनाको शव सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले आज फेला पारेको छ ।

एक जना भने अझै बेपत्ता रहेका छन् र उनको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमाण्डमा खटिएको गोताखोर टोलीले गाडी भेट्टाएर नदीबाट बाहिर निकालेका हुन ।

उक्त शव तनहुँ जिल्लाको भानु नगरपालिका–९ बस्ने सिटिइभिटीका प्रशासन शाखाका निर्देशक ५७ वर्षीय कृष्ण केसी र इलाम जिल्लाको सूर्योदय नगरपालिका ५ बस्ने ३२ वर्षीय विद्युत् प्रशिक्षक भानु पौडेलको रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

पूर्वी नवलपरासी जिल्लाको प्रगतिनगर नगरपालिका–७ बस्ने योजना महाशाखाका निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल अझै बेपत्ता रहेका छन् । सो दुर्घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण सिनामङ्गल काठमाडौँ र उक्त तालिम शिक्षालयबाट गोताखोर टोली खोजीकार्यको लागि खटिएको थियो ।

प्रदेश नम्बर ३–०१–००२ झ ४९८५ ९इम्बोस्ड नम्बर बीएबी ७४६७० को स्कार्पियो गाडी जेठ १९ गते शुक्रबार भक्तपुरबाट खोटाङ जाने क्रममा घुर्मी–खुर्कोट सडकखण्डअन्तर्गत सो ठाउँबाट सुनकोशी नदीमा खसेको थियो । दुर्घटनापश्चात् गाडीका चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैँ पौडिएर नदीबाट बाहिर निस्कन सफल भएका थिए ।