• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   बजेटअघि कांग्रेससहितका विपक्षी दलहरुको बैठक बस्दै ★   जनताको अपेक्षा र आकाङ्क्षाभन्दा पर पुगेर गरिने शासनले गणतन्त्र बलियो हुँदैन ★   पशुपतिमा साउनभर कोटिहोम महायज्ञ, विभिन्न उपसमिति गठन ★   सात सदस्यीय समितिलाई तीन महिनाको समय दिने तयारी ★   आगामी आर्थिक वर्षको बजेट आज, के–के छन् नयाँ कार्यक्रम ? ★   गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि हासिल गर्न सकिन्छ: सभापति देउवा ★   सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माण होस्ः राष्ट्रियसभा अध्यक्ष दाहाल ★   जनमुखी विकासका लागि प्रेरणा मिलोस्ः सभामुख घिमिरे ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसको शुभकामना ★   अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित

आर्थिक संकट समाधानका लागि वृहत गोलमेच सम्मेलन गरौँः सांसद भट्टराई



काठमाडौँ । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले देशको आर्थिक समस्या समाधानका लागि वृहत गोलमेच सम्मेलन गर्न अर्थमन्त्रीलाई आग्रह गर्नुभएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले देश चरम आर्थिक संकटमा रहेको भन्दै संकट समाधानका लागि बृहत गोलमेच सम्मेलन गर्नुपर्ने बताउनुभएको हो । उहाँले राजनीतिक दल, नीति निर्माण गर्ने निकाय, कर्मचारीतन्त्र, निजी क्षेत्र, विकासका साझेदार अन्तर्राष्ट्रिय समुदाय लगायतको सहभागितामा गोलमेच सम्मेलन गरी निकासको बाटो खोज्नुपर्ने बताउनुभयो । उहाँले गोलमेच सम्मेलनबाट देशको आर्थिक अवस्थाको सन्दर्भमा साझा धारणा बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘धेरै देशहरुले जब आर्थिक संकटको अवस्था आउँछ, त्यतिबेला धेरै देशहरुले बृहत आर्थिक सम्मेलन, गोलमेच सम्मेलन गर्ने गरेका छन् । सबै राजनीतिक दल, निति निर्माण गर्ने निकाय, कर्मचारीतन्त्र, निजि क्षेत्र, हाम्रा विकासका साझेदार अन्तर्राष्ट्रिय समुदाय, लगायत सबै सबैको सहभागितामा एउटा बृहत गोलमेच सम्मेलन गरौँ । त्यसले आजको आर्थिक अवस्थाको निकास दिने बाटो के हो ? त्यसको साझा अवधारणा बनाऔँ । त्यो एमाले अथवा कांग्रेसको अवधारणा हुँदैन । त्यो मुलुकको अवधारणा हुन्छ । त्यो अवधारणा बोकेर जाऔँ ।

म अर्थमन्त्रीजीलाई यो हिम्मत गर्नुस् र आजको दिनमा प्याराडाइम सिफ्ट नगरि हुँदैन । यत्तिकै चलन चल्तीको हिसावले हुँदैन । चलनचल्तीको हिसावले जाने हो भने अर्को वर्ष जेठ १५ गते फेरि एउटा विलौनापूर्ण वक्तव्य सुन्नु बाहेक अर्को कुनै विकल्प छैन ।’ सांसद भट्टराईले राष्ट्रपति, प्रधानमन्त्रीदेखि राज्यका उच्चपदस्थ कर्मचारीहरुको २५ प्रतिशतले तलव, भत्ता कटौति गर्ने प्रश्ताव पनि गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘म प्रश्ताव गर्न चाहन्छु राष्ट्रपतिदेखि उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, प्रदेश सभा, उपसचिवभन्दा माथिका कर्मचारीहरु, राजनीतिक नियुक्तिमा भएका मानिसहरु ति सबैको आउँदो वर्ष २५ प्रतिशतले तलव, भत्ता कटौति गर्ने घोषणा गर्नुस् । हामी प्रतिपक्षको हिसावले तपाईलाई समर्थन गर्छौं । त्यसबाट आउने पैसा एउटा कुनै राष्ट्रिय गौरवका आयोजनामा हामी खर्च गर्छौ भन्नुस् । खर्च कटौति यसरी हुन्छ ।’

सरकारले ल्याउको आगामी आर्थिक वर्षको बजेटले कुनै गन्तव्यहरुलाई निश्चित नगरेको उहाँको भनाई छ । बजेटले आजका चरम आर्थिक संकटहरुलाई अनुभुति समेत नगरेको उहाँले बताउनु भयो ।