९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

आर्थिक संकट समाधानका लागि वृहत गोलमेच सम्मेलन गरौँः सांसद भट्टराई

आर्थिक संकट समाधानका लागि वृहत गोलमेच सम्मेलन गरौँः सांसद भट्टराई
अ अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले देशको आर्थिक समस्या समाधानका लागि वृहत गोलमेच सम्मेलन गर्न अर्थमन्त्रीलाई आग्रह गर्नुभएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले देश चरम आर्थिक संकटमा रहेको भन्दै संकट समाधानका लागि बृहत गोलमेच सम्मेलन गर्नुपर्ने बताउनुभएको हो । उहाँले राजनीतिक दल, नीति निर्माण गर्ने निकाय, कर्मचारीतन्त्र, निजी क्षेत्र, विकासका साझेदार अन्तर्राष्ट्रिय समुदाय लगायतको सहभागितामा गोलमेच सम्मेलन गरी निकासको बाटो खोज्नुपर्ने बताउनुभयो । उहाँले गोलमेच सम्मेलनबाट देशको आर्थिक अवस्थाको सन्दर्भमा साझा धारणा बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘धेरै देशहरुले जब आर्थिक संकटको अवस्था आउँछ, त्यतिबेला धेरै देशहरुले बृहत आर्थिक सम्मेलन, गोलमेच सम्मेलन गर्ने गरेका छन् । सबै राजनीतिक दल, निति निर्माण गर्ने निकाय, कर्मचारीतन्त्र, निजि क्षेत्र, हाम्रा विकासका साझेदार अन्तर्राष्ट्रिय समुदाय, लगायत सबै सबैको सहभागितामा एउटा बृहत गोलमेच सम्मेलन गरौँ । त्यसले आजको आर्थिक अवस्थाको निकास दिने बाटो के हो ? त्यसको साझा अवधारणा बनाऔँ । त्यो एमाले अथवा कांग्रेसको अवधारणा हुँदैन । त्यो मुलुकको अवधारणा हुन्छ । त्यो अवधारणा बोकेर जाऔँ ।

म अर्थमन्त्रीजीलाई यो हिम्मत गर्नुस् र आजको दिनमा प्याराडाइम सिफ्ट नगरि हुँदैन । यत्तिकै चलन चल्तीको हिसावले हुँदैन । चलनचल्तीको हिसावले जाने हो भने अर्को वर्ष जेठ १५ गते फेरि एउटा विलौनापूर्ण वक्तव्य सुन्नु बाहेक अर्को कुनै विकल्प छैन ।’ सांसद भट्टराईले राष्ट्रपति, प्रधानमन्त्रीदेखि राज्यका उच्चपदस्थ कर्मचारीहरुको २५ प्रतिशतले तलव, भत्ता कटौति गर्ने प्रश्ताव पनि गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘म प्रश्ताव गर्न चाहन्छु राष्ट्रपतिदेखि उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, प्रदेश सभा, उपसचिवभन्दा माथिका कर्मचारीहरु, राजनीतिक नियुक्तिमा भएका मानिसहरु ति सबैको आउँदो वर्ष २५ प्रतिशतले तलव, भत्ता कटौति गर्ने घोषणा गर्नुस् । हामी प्रतिपक्षको हिसावले तपाईलाई समर्थन गर्छौं । त्यसबाट आउने पैसा एउटा कुनै राष्ट्रिय गौरवका आयोजनामा हामी खर्च गर्छौ भन्नुस् । खर्च कटौति यसरी हुन्छ ।’

सरकारले ल्याउको आगामी आर्थिक वर्षको बजेटले कुनै गन्तव्यहरुलाई निश्चित नगरेको उहाँको भनाई छ । बजेटले आजका चरम आर्थिक संकटहरुलाई अनुभुति समेत नगरेको उहाँले बताउनु भयो ।