९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आदिपुरुष’ हलमा लाग्दा एक सिट हनुमानका लागि खाली छाडिने



अ+ अ-

एजेन्सी । प्रभास स्टारर फिल्म ‘आदिपुरुष’का निर्माताले रिलिजअघि नै ठूलो घोषणा गरेका छन् । ‘आदिपुरुष’ को स्क्रिनिङका क्रममा रामकथा हुने ठाउँमा हनुमानको उपस्थिति हुने भएकाले हरेक थिएटरमा भगवान हनुमानका लागि एउटा सिट खाली राखिने निर्माण पक्षले जनाएको छ ।

जनताको विश्वासलाई मध्यनजर गर्दै निर्माताले यस्तो निर्णय गरेका हुन् । ओम राउतले निर्देशन गरेको यो चलचित्र १६ जुनबाट रिलिज हुँदैछ ।

चलचित्रको टिमले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । यस भनाइमा भनिएको छ कि जहाँ रामायण पठन गरिन्छ, त्यहाँ भगवान हनुमानको उपस्थिति हुन्छ । यही विश्वासका साथ हरेक थिएटरमा ‘आदिपुरुष’ प्रदर्शनमा भगवान हनुमानका लागि एउटा सिट खाली राखिनेछ ।

निर्माताको यो निर्णयको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । योसँगै धेरैले यसलाई फिल्मको प्रमोशनको रुपमा हेरिरहेका छन् । ‘आदिपुरुष’ जुन १६ मा हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा रिलिज हुँदैछ ।

जुन १३ मा न्युयोर्कमा हुने ट्रिबेका फिल्म फेस्टिभलमा फिल्मको वर्ल्ड प्रिमियर हुनेछ । फिल्मलाई फिल्म फेस्टिभलमा मिडनाइट अफरका रूपमा प्रस्तुत गरिने भएको छ । एकै साथ, यो जुन १६ मा ठूलो पर्दामा थ्रीडीमा रिलीज हुनेछ। ‘आदिपुरुष’को कथा रामायणमा आधारित छ । फिल्ममा प्रभास भगवान रामको भूमिकामा देखिनेछन् भने कृति सीताको भूमिकामा देखिनेछिन् । यससँगै सैफ अली खान रावणको भूमिकामा देखिनेछन् ।