५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको भाषण सुनेर एमालेकै सांसद निदाए: विमलेन्द्र निधि



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले सदनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको लामो टिप्पणीमा व्यंग्य गरेका छन् । निधिले मंगलबार प्रतिनिधिसभामा बजेटमाथि टिप्पणी गर्ने क्रममा प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओलीले घडि हेरेरै १ घण्टा ५८ मिनेट बोलेको बताए ।

अर्थमन्त्रीले बजेट प्रस्तुत गर्न जति टाइम लिनुभयो, उहाँले त्यति नै टाइम लिनुभयो भन्दै निधिले भने, ‘प्रतिपक्षी दलका नेताले राम्रो होमवर्क गर्नुभएको रहेछ ।होमवर्क राम्रो गरेर आउनुभएकोमा धन्यवाद दिन चाहन्छु’ ।

निधिले ओलीको भाषणका क्रममा एमालेकै सांसदहरु निदाएको टिप्पणी गरे । उनले भने , ‘धेरैबेर पर्खेँ मैले पनि । प्रतिपक्षीको बेन्चतिर हेर्न थालेँ, जति समय बित्दै गयो, उहाँहरु निदाउन थाल्नुभयो । ताली बजाउन समेत बिर्सनुभएको थियो’।

ओलीसँग विद्यार्थी कालदेखि नै आफ्नो सम्बन्ध रहेको र केन्द्रीय कारागारमा सँगै बस्ने मौका पाएपनि त्यतिबेला र अहिलेको ओलीमा धेरै फरकपन देखिएको निधिले बताए । ओलीमा संसदीय व्यवस्थाप्रति प्रतिवद्धता देखिएको टिप्पणी गर्दै भने, ‘संसदीय प्रणालीप्रति साँच्चै प्रतिवद्ध हुन थाल्नुभयो । प्रतिपक्षीको भूमिकामा प्रतिवद्ध हुनुहुन्छ’।