२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन ५१,००,००५ रुपैयाँ योगदान बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावतमा कठिनाइ नवनियुक्त प्रधानन्यायाधीश राउतको पद तथा गोपनीयताको शपथ रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको भाषण सुनेर एमालेकै सांसद निदाए: विमलेन्द्र निधि



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले सदनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको लामो टिप्पणीमा व्यंग्य गरेका छन् । निधिले मंगलबार प्रतिनिधिसभामा बजेटमाथि टिप्पणी गर्ने क्रममा प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओलीले घडि हेरेरै १ घण्टा ५८ मिनेट बोलेको बताए ।

अर्थमन्त्रीले बजेट प्रस्तुत गर्न जति टाइम लिनुभयो, उहाँले त्यति नै टाइम लिनुभयो भन्दै निधिले भने, ‘प्रतिपक्षी दलका नेताले राम्रो होमवर्क गर्नुभएको रहेछ ।होमवर्क राम्रो गरेर आउनुभएकोमा धन्यवाद दिन चाहन्छु’ ।

निधिले ओलीको भाषणका क्रममा एमालेकै सांसदहरु निदाएको टिप्पणी गरे । उनले भने , ‘धेरैबेर पर्खेँ मैले पनि । प्रतिपक्षीको बेन्चतिर हेर्न थालेँ, जति समय बित्दै गयो, उहाँहरु निदाउन थाल्नुभयो । ताली बजाउन समेत बिर्सनुभएको थियो’।

ओलीसँग विद्यार्थी कालदेखि नै आफ्नो सम्बन्ध रहेको र केन्द्रीय कारागारमा सँगै बस्ने मौका पाएपनि त्यतिबेला र अहिलेको ओलीमा धेरै फरकपन देखिएको निधिले बताए । ओलीमा संसदीय व्यवस्थाप्रति प्रतिवद्धता देखिएको टिप्पणी गर्दै भने, ‘संसदीय प्रणालीप्रति साँच्चै प्रतिवद्ध हुन थाल्नुभयो । प्रतिपक्षीको भूमिकामा प्रतिवद्ध हुनुहुन्छ’।

 




भर्खरै