९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

दैजी छेला औद्योगिक क्षेत्र: निर्माणको श्रेय लिन होडबाजी, प्रगति न्यून

दैजी छेला औद्योगिक क्षेत्र: निर्माणको श्रेय लिन होडबाजी, प्रगति न्यून
अ अ+ अ-

महेन्द्रनगर । दुई वर्षअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट नगरपालिकामा प्रस्तावित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभयो । कञ्चनपुरलाई औद्योगिक क्षेत्रको हब बनाउने लक्ष्यसहित २०५२ सालमा प्रस्ताव भएको उक्त औद्योगिक क्षेत्र २८ वर्ष वितिसक्दा पनि चर्चामा मात्र सीमित रहेको छ । निर्माणको प्रगति शून्य जस्तै छ ।

शिलान्यासपछि प्रस्तावित क्षेत्रको रुख कटानका लागि छपान कार्य थालिए पनि त्यो प्रक्रियाले अझै पूर्णता पाउन सकेको छैन् । पछिल्लो समय चुनावी एजेण्डा मात्र बनिरहेको औद्योगिक क्षेत्रको स्थापनाको विषयलाई टुङ्गोमा पुर्‍याउने भन्दा पनि शिलान्यास, अनुगमन गर्ने र श्रेय लिने काममा राजनीतिक दलले बढी चासो दिएको सो क्षेत्रका स्थानीयको आरोप छ ।

बेदकाटे नगरपालिका–२ र ३ को वन क्षेत्रमा २०७२ सालमा सरकारले चार किल्ला तोकेर नौ सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो । औद्योगिक क्षेत्रको शिलान्यासपछि बनेको सरकारले प्रस्तावित क्षेत्रको अनुगमन पछि प्रक्रिया अघि बढाउन चालु आर्थिक वर्षका लागि रु एक अर्ब बजेट बिनियोजन गरेको थियो । तर काम भने तीव्र गतिमा अघि बढ्न सकेन ।

आगामी आर्थिक वर्षको बजेटमा कञ्चनपुरको दोधारा चादँनी सुक्खा बन्दरगाह, महाकाली करिडोरलगायत योजनाका लागि बजेट विनियोजन गरिए पनि दैजी छेला औद्योगिक क्षेत्रका लागि बजेट विनियोजन गरिएको छैन । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेटका सूचना अधिकृत भुषणकुमार उपाध्यायले दैजी छेला औद्योगिक क्षेत्रको निर्माणका लागि बजेट विनियोजन गरिएको विषयमा कुनै जानकारी प्राप्त नभएको बताउनुभयो ।

“हामिले नयाँ र पुराना औद्योगिक क्षेत्रका लागि रु ३३ करोड बजेट माग गरेका थियौँ”, उहाँले भन्नुभयो–“यसमा के कति बजेट विनियोजन भयो, कुनै जानकारी प्राप्त भएको छैन् ।”

गत फागुनमा तत्कालिन उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको यहाँ कार्यालय समेत स्थापना गर्नुभएको थियो । कार्यालय स्थापना भए पनि कामले भने गति लिन सकेको छैन् । बेदकोट–२ का वडाध्यक्ष नरेशबहादुर सिंहले कार्यालय स्थापना भए पनि अधिकार प्राप्त कर्मचारी भने नआएको बताउनुभयो ।

“कार्यालय सहयोगी स्तरका कर्मचारीले कार्यालय खोल्ने, बन्द गर्ने बाहेक औद्योगिक क्षेत्रको काम अघि बढ्न सकेको छैन”, वडाध्यक्ष सिंहले भन्नुभयो– “औद्योगिक क्षेत्र स्थापनापछि रोजगारी पाउनेमा स्थानीयवासी आशावादी छन् ।”

डिभिजन वन कार्यालयका सूचना अधिकृत शिवराज अवस्थीले औद्योगिक क्षेत्रमा पर्ने ४३ हजार रुख छपान कार्य सकिएको बताउनुभयो । “सुरुआतमा विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० मा २५ हजार रुख काट्नुपर्ने उल्लेख थियो, पछि फिल्डमा छपान गर्दै जाँदा ४३ हजार रुख काट्नुपर्ने देखियो”, उहाँले भन्नुभयो–“रुख छपान सकिएर अहिले मुल्याङ्कनको काम भइरहेको छ ।”

विसं २०७८ चैतदेखि छपान थालिए पनि केही समय त्यहाँ कार्यरत मजदुरले ज्याला नपाएपछि काम रोकिएको अवस्थी बताउनुहुन्छ । “मजदुरको विषयमा सहमति भएपछि गत पुसदेखि छपान कार्यले तिव्रता पाएको छ”, उहाँले भन्नुभयो–“अब रुख कटानका लागि वन विभाग र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेटसित सम्झौता भए पछि काम अघि बढ्छ ।” उहाँले रुख छपान बढी भएकाले प्रस्तावित औद्योगिक क्षेत्रको वातावरण प्रभाव मुल्याङ्कन प्रतिवेदन समेत संशोधन गर्न आवश्यक हुनसक्ने उल्लेख गर्नुभयो । औद्योगिक क्षेत्र स्थापनाका लागि कूल लागत रु नौ अर्ब अनुमान गरिएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष दिनेश मल्लले आगामी आर्थिक वर्षको बजेटमा छेला दैजी औद्योगिक क्षेत्रको स्थापनाका लागि बजेट समावेश नभएकामा नीजि क्षेत्र चिन्तित बनेको बताउनुभयो । “औद्योगिक क्षेत्र स्थापना र लगानी मैत्री वातावरण बनाएर आर्थिक समृद्धिमा जोड दिन कञ्चनपुर उद्योग बाणिज्य सङ्घले लामो समय सङ्घर्ष गरेको थियो”, उहाँले भन्नुभयो–“शिलान्यास भएको दुई वर्षसम्म पनि काम अघि बढ्न नसक्नु दु:ख्द विषय हो ।” उहाँले सुदूरपश्चिम प्रदेशमा उद्योग, कलकारखाना स्थापना र लगानीको वातावरण बनाउन नीजि क्षेत्र र सबै राजनीतिक दल तथा सरकारले समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले नौ सय बिघा जग्गा उपलब्ध गराएको भए पनि हाल चार सय बिघा जग्गामा भौतिक संरचना निर्माण गरिने छन् । औद्योगिक क्षेत्रको डिपिआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ उद्योग स्थापना हुने छन् । यसबाट २२ हजार बढीले रोजगार पाउने आशा गरिएको छ ।

“कुन पार्टीको सरकारले बनायो भन्नेमा होडबाजी गर्नुभन्दा पनि कति छिटो बनाएर आर्थिक गतिविधी बढाउने र रोजगारीको सम्भावनाको ढोका खोल्नेतर्फ सबै राजनीतिक दलको ध्यान जानुपर्छ”, बरिष्ठ उपाध्यक्ष मल्लले भन्नुभयो–“विकासका लागि स्वच्छ राजनीति गरे मात्र फलदायी हुन्छ ।”रासस