२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटमा गाँजा खेती के का लागि? – केपी ओली



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने सरकारको घोषणामाथि प्रश्न उठाएका छन् । मंगलबार बजेटमाथिको सामान्य छलफलमा भाग लिंदै ओलीले देशको आर्थिक स्थिती सुधार्न वैधानिकताको आवश्यक रहेको बताएका हुन् ।

ओलीले गाँजा खेतीको पछाडि कुनै वैधानिकता नरहेको बताउदै भने , ‘‘कसले गर्न खोजिराख्या छ यो गाँजा खेती ? यो कसका लागि गाँजा खेती ? अचम्म लाग्छ यो गाँजा खेती कसलाई चाहियो ?’

उनले सरकारको रेखदेखमा गाँजा खेती गर्ने विषय अनौठो रहेको बताउदै भने, ‘गाँजाको बीउ लिएर बसेको व्यापारी को हो?’ उनको प्रश्न छ । जनताका विषय भन्दा पर यो विषय रहेको उनको जिकिर छ ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने बताएका थिए ।