२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएकोमा सत्यतथ्य बुझ्न जरुरी छ– प्रदीप यादव



अ+ अ-

काठमाडौँ । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई सरकारले संलग्न गराएको भन्ने विषयलाई आफ्नो पार्टीले गम्भिरतापूर्वक लिएको टिप्पणी गर्नु भएको छ ।

मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो प्रतिक्रिया दिनु भएको हो ।

प्रमुख सचेतक यादवले सो विषयबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा जवाफ दिनैपर्ने बताउनु भयो । उहाँले अर्थमन्त्री महतले बजेटको छलफलमाथिको छलफलको क्रम सकिएपछि जवाफ दिनुहुने र त्यसमा सो विषयमा दिएको जवाफ चित्त नबुझे आफ्नो पार्टी विरोधमा उभिने स्पष्ट पार्नु भयो । प्रमुख सचेतक यादवले भन्नु भयो, ‘सञ्चार माध्यामबाट हामीले यो कुराहरु हेरेका छौं । त्यो विषयमा हामी गम्भिर छौं । हाम्रो पार्टी गम्भिर छ ।

त्यो विषयमा सत्यतथ्य के हो ? माननीय अर्थमन्त्रीजीले यसको जवाफ दिनैपर्छ । यो अहिले बहसको विषय पनि भएको छ । हिजो माननीयजीहरुले यो कुरा उठाउनुनै भएको छ । अव माननीय अर्थमन्त्रीजीले के जवाफ दिनुहुन्छ । पर्सी उहाँको जवाफ आउँछ । पर्सी अर्थमन्त्रीजीको जवाफ आईहाल्छ । सत्यतथ्य उहाँले बताएपछि हामी अघि बढछौं । हामी सरकारले गरेको राम्रो कामलाई राम्रो भन्छौं, नराम्रो कामलाई नराम्रो भन्छौं ।’

प्रमुख सचेतक यादवले आफ्नो पार्टीले सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने समेत बताउनु भयो ।

 




भर्खरै