२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएकोमा सत्यतथ्य बुझ्न जरुरी छ– प्रदीप यादव



अ+ अ-

काठमाडौँ । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई सरकारले संलग्न गराएको भन्ने विषयलाई आफ्नो पार्टीले गम्भिरतापूर्वक लिएको टिप्पणी गर्नु भएको छ ।

मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो प्रतिक्रिया दिनु भएको हो ।

प्रमुख सचेतक यादवले सो विषयबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा जवाफ दिनैपर्ने बताउनु भयो । उहाँले अर्थमन्त्री महतले बजेटको छलफलमाथिको छलफलको क्रम सकिएपछि जवाफ दिनुहुने र त्यसमा सो विषयमा दिएको जवाफ चित्त नबुझे आफ्नो पार्टी विरोधमा उभिने स्पष्ट पार्नु भयो । प्रमुख सचेतक यादवले भन्नु भयो, ‘सञ्चार माध्यामबाट हामीले यो कुराहरु हेरेका छौं । त्यो विषयमा हामी गम्भिर छौं । हाम्रो पार्टी गम्भिर छ ।

त्यो विषयमा सत्यतथ्य के हो ? माननीय अर्थमन्त्रीजीले यसको जवाफ दिनैपर्छ । यो अहिले बहसको विषय पनि भएको छ । हिजो माननीयजीहरुले यो कुरा उठाउनुनै भएको छ । अव माननीय अर्थमन्त्रीजीले के जवाफ दिनुहुन्छ । पर्सी उहाँको जवाफ आउँछ । पर्सी अर्थमन्त्रीजीको जवाफ आईहाल्छ । सत्यतथ्य उहाँले बताएपछि हामी अघि बढछौं । हामी सरकारले गरेको राम्रो कामलाई राम्रो भन्छौं, नराम्रो कामलाई नराम्रो भन्छौं ।’

प्रमुख सचेतक यादवले आफ्नो पार्टीले सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने समेत बताउनु भयो ।