७ बैशाख २०८२, आईतवार
April 20, 2025 Sunday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.43

Wind: 1.54

Humidity: 68

Latest
स्वास्थ्यकर्मीको वृत्ति विकासका लागि ऐन संशोधन थालियो आँखा शिविरबाट चौध सय लाभान्वित बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित ‘जितगढी किल्लालाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छौं’ अरुले आएर देश बनाइदिन्न, हामी सबै मिलेर विकास गर्नुपर्छ मधेस प्रिमियर लिग : जनकपुर सनराइज र बलान बिहुल विजयी आन्दोलन निरन्तर चल्छः अध्यक्ष लिङदेन आगामी बजेट : आयोजनाको पुनःप्राथमिकीकरण गरी खर्च गर्नसक्नेलाई मात्र बजेट विनियोजन गर्न सुझाव आई. एम. ई. लाइफको इन्स्योरेन्सले नियुक्त गर्यो सरल सावाधिक सद्भावना दुत २०२५
तपाईं के खोज्दै हुनुहुन्छ ?

करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएकोमा सत्यतथ्य बुझ्न जरुरी छ– प्रदीप यादव



अ+ अ-

काठमाडौँ । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई सरकारले संलग्न गराएको भन्ने विषयलाई आफ्नो पार्टीले गम्भिरतापूर्वक लिएको टिप्पणी गर्नु भएको छ ।

मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो प्रतिक्रिया दिनु भएको हो ।

प्रमुख सचेतक यादवले सो विषयबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा जवाफ दिनैपर्ने बताउनु भयो । उहाँले अर्थमन्त्री महतले बजेटको छलफलमाथिको छलफलको क्रम सकिएपछि जवाफ दिनुहुने र त्यसमा सो विषयमा दिएको जवाफ चित्त नबुझे आफ्नो पार्टी विरोधमा उभिने स्पष्ट पार्नु भयो । प्रमुख सचेतक यादवले भन्नु भयो, ‘सञ्चार माध्यामबाट हामीले यो कुराहरु हेरेका छौं । त्यो विषयमा हामी गम्भिर छौं । हाम्रो पार्टी गम्भिर छ ।

त्यो विषयमा सत्यतथ्य के हो ? माननीय अर्थमन्त्रीजीले यसको जवाफ दिनैपर्छ । यो अहिले बहसको विषय पनि भएको छ । हिजो माननीयजीहरुले यो कुरा उठाउनुनै भएको छ । अव माननीय अर्थमन्त्रीजीले के जवाफ दिनुहुन्छ । पर्सी उहाँको जवाफ आउँछ । पर्सी अर्थमन्त्रीजीको जवाफ आईहाल्छ । सत्यतथ्य उहाँले बताएपछि हामी अघि बढछौं । हामी सरकारले गरेको राम्रो कामलाई राम्रो भन्छौं, नराम्रो कामलाई नराम्रो भन्छौं ।’

प्रमुख सचेतक यादवले आफ्नो पार्टीले सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने समेत बताउनु भयो ।