२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश: सरकारबाट बाहिरिने माओवादीको निर्णय



अ+ अ-

विराटनगर । नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । माओवादी केन्द्रले प्रदेश सरकारलाई लाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय पदाधिकारीको बैठकले आजै एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

उक्त बैठकले आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन पनि दिएको बताइएको छ ।

कोशी प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री हुनुहुन्छ।

‘आजकै मितिबाट एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भएको माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले बताउनुभयो । उहाँका अनुसार माओवादीको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न समितिसमेत बनाइएको छ ।

प्रदेश कार्यालयको बैठकले पार्टी प्रदेश अध्यक्ष नेम्वाङको नेतृत्वमा सरकार गठनका लागि छलफल गर्न समिति बनाउने निर्णय गरेको हो ।