५ चैत्र २०८१, मंगलवार
March 18, 2025 Tuesday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 15.02

Wind: 2.06

Humidity: 41

तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ।

आज छापावाल सुन प्रतितोला नौ सय रुपैयाँ बढेर एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।