• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo

कैलालीको वनमा गाडिएको अवस्थामा एक महिलाको शव भेटियो



(सांकेतिक तस्बिर)

धनगढी । कैलाली गौरीगंगा नगरपालिका–२स्थित केदारेश्वर सामुदायिक वनमा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

प्रहरी निरीक्षक खगेन्द्र साउदको अनुसार गौरीगंगा नगरपालिका–२ बस्ने २७ वर्षीया कविता बुढाको शव वनमा गाडेको अवस्थामा फेला परेको हो ।

बुढाका परिवारले सोमबारमात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।