• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   दिल्लीले राजस्थानलाई २० रनले हरायो, राजस्थानले प्लेअफका लागि अन्य खेल कुर्नुपर्यो ★   आज मातातीर्थ औँशी : मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो ★   पिएसजीलाई पाखा लगाउँदै डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा ★   अन्तर कलेज फुटसल प्रतियोगिता एक्सन स्पोर्ट एचडी १ च्यानलले प्रत्यक्ष प्रशारण गर्ने ★   विद्यालय बससँग मोटरसाइकल ठोक्किँदा दुईको निधन, दुई घाइते ★   मातातीर्थ मेला सुरु, चन्द्रागिरिमा भोलि बिदा ★   म दोषी भए फासीमा चढाईयोस्, ८ वर्षले पुग्दै पुग्दैनः सन्दीप लामिछाने ★   एमाले रसुवा जिल्ला अध्यक्षमा ढकाल ★   नेकपा एसको निष्कर्षः सरकारमा हाम्रो निरन्तरता कायम रहन्छ ★   ‘तयारी पोशाक निर्यातका विषयमा सरकार गम्भीर छ’

हिमालबाट उठ्यो १०९ मेट्रिक टन फोहोर



काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथागायतका उच्च हिमाल आरोहणका क्रममा बेवारिसे अवस्थामा फ्याँकिएका आरोहीका सामानसहित १०९ मेट्रिकटन फोहोर नेपाली सेनताले संंकलन गरी व्यवस्थापन गरेको छ ।

हिमाली क्षेत्रको पर्यावरण स्वच्छ र सफा राख्ने सरकारको नीतिअनुरुप सेनाले सन् २०१९ देखि हिमाल सफा अभियान सञ्चालन गर्दै आएको छ । विश्व वातावरयण दिवसको अवसरमा सैनिक मुख्यालय जंगी अड्डामा विशेष समारोहका बीच हिमाल सफा अभियान २०२३ सम्पन्न भएको हो ।

प्रधान सेनापछि प्रभुराम शर्माले हिमाल सफा अभियानमा सहभागी सैनिक टोली, स्थानीय निकाय, शेर्पा समूदाय तथा अभियानमा सहयोग गर्ने विभिन्न व्यक्तिलाई कदरपत्रसहित सम्मान गर्नुभयो । उहाँले हिमाली क्षेत्रको पर्यावरण संरक्षण गर्न सबै उत्तिकै जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गर्दै आरोहीले प्रयोग गरेका वस्तु फिर्ता ल्यानै पर्ने कानूनी व्यवस्था गर्न जरुरी भएको धारणा राख्नुभयो ।

माउन्टेनियरिङ एक्पिडिसन अवधारणा अनुरुप सेनाले संकलन गरेको फोहोरलाई कुहिने र नकुहिने वर्गीकरण गरी कुहिनेलाई स्थानीय निकाय र नकुहिने फोहोरलाई पुनः प्रयोग गर्ने कम्पनीको जिम्मा लगाएको छ ।

हिमाल सफाइ गरी पर्यटन तथा वातावरण प्रवर्द्धनमार्फत स्थानीय बासिन्दाको दिगो विकास तथा भावी पुस्ताका लागि हिमाल संरक्षण गर्न हाम्रो हिमाल हाम्रो दायित्व भन्ने नारासहित नेपाली सेनाले हिमाल सफाइ अभियान सुरु गरेको हो ।