२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको कमजोरी कि सफलता अन्तरिम आदेशपछि थाहा हुन्छः मन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सर्वोच्च अदालतबाट अल्पकालीन आदेश आउँदैमा सरकारको कमजोरी भन्न नमिल्ने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले गरेको अनुरोधमा राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको र त्यसकै बिरुद्धमा सर्वोच्चमा परेको मुद्दामा अदालतले अल्पकालीन आदेश दिएको बताउनु भयो । उहाँले सर्वोच्चबाट अन्तरिम आदेश आइसकेपछि मात्रै सरकारको कमजोरी वा सफलता भन्नेकुरा औंल्याउन सकिने बताउनु भयो । उहाँले संविधानले राष्ट्रपतिलाई संसदका दुवै सदनले दोस्रो पटक पनि पारित गरेर पठाइसकेपछि राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि के हुन्छ ? भन्नेबारेमा परिकल्पना नगर्दा यो समस्या आएको बताउनु भयो । उहाँले राष्ट्रपतिबाट होल्ड हुने कुराले हरेक राष्ट्रपतिले सांसदले पारित गरेका कानून, विधेयक, ऐनलाई होल्ड गर्दा संविधान, लोकतन्त्रमाथि नै प्रश्न उठ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि विषय सर्वोच्च अदालतमा गयो भन्दैमा सरकारको कमी कमजोरी भयो भन्ने हुँदैन, अदालतले नक्र्यिौल गर्ला, अहिले अन्तरिम आदेश मात्रै गरेको छ । जुन अन्तिम फैसला हुन्छ, अन्तिम फैसलापछि मात्रै थाहा हुन्छ, के गरेको थियो । संविधानले कहाँ स्पष्ट गरेन भने राष्ट्रपतिलाई संसदका दुवै सदनले दोस्रो पटक पनि पारित गरेर गइसकेपछि त्यो विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि के हुन्छ ? भन्नेकुरा हाम्रो संविधानले परिकल्पनै गरेन ।

राष्ट्रपतिले त्यो विधेयकलाई प्रमाणीकरण गर्दैनन् भन्नेकुरा संविधानले परिकल्पनै गरेन । अब मत त विभिन्न हुने भए । राष्ट्रपति कहाँ गएर होल्ड भएका विषयलाई यसरी मार्ने हो भने भोलि हरेक राष्ट्रपतिले सांसदले पारित गरेका कानून, विधेयक, ऐनलाई यसरी होल्ड गरे संविधान, लोकतन्त्र के हुन्छ ? सरकारले उपयुक्त विकल्प ठानेर अनुरोध गरेका हौँ । अब अदालतले आदेश दिएपछि एउटा नजिर बस्नेछ ।’

मन्त्री शर्माले असंसदीय भाषा मेटाइसकेको र सांसदहरुले पनि संसदमा कसरी प्रश्तुत हुने भन्नेबारेमा सोच्न आवश्यक रहेको बताउनु भयो ।