६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०२३ मा हवाई उद्योगले कोभिडपछिको कीर्तिमानी रेकर्ड कायम गर्ने



अ+ अ-

इस्तानबुल । विश्वभरका विमान कम्पनीले सन् २०२३ मा ४.३५ अर्ब यात्रुलाई उडान सेवा दिने प्रक्षेपण अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटीए)ले गरेको छ ।

यो सेवा सङ्ख्या सन् २०१९ को रेकर्डको नजिक पुगेको छ । कोभिड महामारीबाट विश्व समुदाय विस्तारै सामान्य अवस्थामा फर्किएको र यसको लाभ विश्वभरीका उडान सेवाले लिने आईएटीएले सोमबार बताएको हो ।

आईएटीएका अनुसार सन् २०२३ मा खूद मुनाफा ९.८ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ, वा अघिल्लो अनुमानको दोब्बर हुनेछ । विश्व समुदायसँगै कोभिडबाट बढी प्रभावित मुलुकमध्येको एक राष्ट्र चीनले पनि कोभिड प्रतिबन्धको अन्त्य गरेपछि खूद मुनाफा अनुमानभन्दा बढी अर्थात् दोब्बर पुग्ने प्रक्षेपण गरिएको हो ।

सङ्गठनका अनुसार सन् २०२२ मा ३।६ अर्ब अमेरिकी डलर बराबरको नोक्सानी अनुमान गरिएकोभन्दा आधा कम नोक्सान भएको थियो । “सन् २०२३ मा एयरलाइन्सको वित्तीय प्रदर्शनले अपेक्षालाई पराजित गरिरहेको छ,” आईएटीएका महानिर्देशक विली वाल्शले इस्तानबुलमा सङ्गठनको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै भन्नुभयो ।

“बलियो लाभप्रदता धेरै सकारात्मक विकासहरूद्वारा समर्थित छ । चीनले अनुमान गरेभन्दा पहिले यस वर्षको सुरुमा कोभिड–१९ प्रतिबन्ध हटाएको थियो,’ वाल्शले भन्नुभयो ।

हवाई इन्धनको मूल्य उच्च रहे पनि वर्षको पहिलो छ महिनामा भने यो मूल्यमा कमी आएको उहाँले बताउनुभयो ।

फेब्रुअरी २०२२ मा रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण ऊर्जाको लागत बढेको थियो तर त्यसयता तेल र प्राकृतिक ग्यासको मूल्यमा गिरावट आएको छ ।

लागत पक्षमा, केही राहत भएको वाल्शले बताउनुभयो । “आर्थिक अनिश्चितताले यात्रा गर्ने इच्छालाई कम गरेको छैन, यद्यपि टिकटको मूल्यले इन्धनको उच्च लागतलाई अवशोषित गरेको छ,” उहाँले भन्नुभयो ।

महामारीले वायुसेवा उद्योगलाई तहसनहस पारेको र सन् २०२० मा देशहरूले लकडाउन लागू गर्दा र सीमाहरू बन्द गर्दा १३७ अर्ब डलर गुमाएको थियो ।

यस क्षेत्रले सन् २०२१ मा थप ४२ अर्ब डलर गुमाएको थियो र गत वर्ष पनि रातो अवस्थामा थियो किनकि एक प्रमुख बजार चीनले कोभिड प्रतिबन्धहरूलाई जारी राख्ने अनुमान गरिएको थियो तर अन्ततः डिसेम्बरमा चीनले पनि कोभिडजन्य सबै प्रतिबन्ध हटाएको थियो ।