२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक इजलासबाट न्यायाधीश कार्की र भट्टराईलाई बाहिरिन महान्यायाधिवक्ता बडालको आग्रह



अ+ अ-

काठमाडौं । विघटन सम्बन्धी रिटहरुको संवैधानिक इजलासमा सुनुवाइ भइरहेकै वेला महान्यायाधीवक्ता रमेश बडालले न्यायाधीशहरु आनन्दमोहन भट्टराई र दीपककुमार कार्कीले संवैधानिक इजलासबाट बाहिरीन आग्रहर गरेका छन् । 

बहसमा भाग लिँदै महान्यायाधीवक्ता बडालले न्यायाधीशद्वय भट्टराई र कार्कीले इजलासमा बस्न नहुने जिकिर गरेका हुन्।

बडालले भने, ‘यदि त्यसलाई आदेश मान्ने हो भने कुनै पनि न्यायाधीशले इजलासमा बस्नु हुँदैन भनेर प्रश्न उठाए मात्रै पुग्ने रहेछ। त्यसकारण हामीले प्रश्न उठाएका छौँ। न्यायाधीशहरु कार्की र भट्टराईले इजलासमा बस्न मिल्दैन। उहाँहरुमाथि हाम्रो प्रश्न छ।’

बडालले न्याय सबैलाई समान हुनुपर्ने बताए ।

‘यसले प्रश्न उठाउँदा ठीक र उसले उठाउँदा बेठिक भन्ने हुँदैन। न्याय समान हुनु पर्छ’, उनले भने।

बडालले न्यायाधीशद्वय कार्की र भट्टराई संवैधानिक इजलासमा भए संसद विघटन सम्बन्धी मुद्दाको निष्पक्ष सुनुवाई हुनेमा आफूहरुलाई आशंका रहेको बताए। 

उनले यो मुद्दा मैले हेर्न हुन्छ र अरुले हेर्न हुँदैन भन्ने त्यो कस्तो आदेश हो भन्दै प्रश्न गरे। अहिले सरकारका तर्फबाट पूर्व महान्याधीवक्ता अग्नि खरेलले बहस गरिरहेका छन्।