२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना

संवैधानिक इजलासबाट न्यायाधीश कार्की र भट्टराईलाई बाहिरिन महान्यायाधिवक्ता बडालको आग्रह

संवैधानिक इजलासबाट न्यायाधीश कार्की र भट्टराईलाई बाहिरिन महान्यायाधिवक्ता बडालको आग्रह
अ अ+ अ-

काठमाडौं । विघटन सम्बन्धी रिटहरुको संवैधानिक इजलासमा सुनुवाइ भइरहेकै वेला महान्यायाधीवक्ता रमेश बडालले न्यायाधीशहरु आनन्दमोहन भट्टराई र दीपककुमार कार्कीले संवैधानिक इजलासबाट बाहिरीन आग्रहर गरेका छन् । 

बहसमा भाग लिँदै महान्यायाधीवक्ता बडालले न्यायाधीशद्वय भट्टराई र कार्कीले इजलासमा बस्न नहुने जिकिर गरेका हुन्।

बडालले भने, ‘यदि त्यसलाई आदेश मान्ने हो भने कुनै पनि न्यायाधीशले इजलासमा बस्नु हुँदैन भनेर प्रश्न उठाए मात्रै पुग्ने रहेछ। त्यसकारण हामीले प्रश्न उठाएका छौँ। न्यायाधीशहरु कार्की र भट्टराईले इजलासमा बस्न मिल्दैन। उहाँहरुमाथि हाम्रो प्रश्न छ।’

बडालले न्याय सबैलाई समान हुनुपर्ने बताए ।

‘यसले प्रश्न उठाउँदा ठीक र उसले उठाउँदा बेठिक भन्ने हुँदैन। न्याय समान हुनु पर्छ’, उनले भने।

बडालले न्यायाधीशद्वय कार्की र भट्टराई संवैधानिक इजलासमा भए संसद विघटन सम्बन्धी मुद्दाको निष्पक्ष सुनुवाई हुनेमा आफूहरुलाई आशंका रहेको बताए। 

उनले यो मुद्दा मैले हेर्न हुन्छ र अरुले हेर्न हुँदैन भन्ने त्यो कस्तो आदेश हो भन्दै प्रश्न गरे। अहिले सरकारका तर्फबाट पूर्व महान्याधीवक्ता अग्नि खरेलले बहस गरिरहेका छन्।