२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमण, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी सरकारको प्राथमिकतामा त्रिवेणी–कोरला सडक



अ+ अ-
गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा त्रिवेणी–कोरला सडकलाई प्राथमिकतामा राखिएको छ ।
सरकारका तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा नवलपुर र मुस्ताङ जोड्ने उत्तर दक्षिण मार्ग कोराला–त्रिवेणी सडकसँगै नवलपुरमा हुने औद्योगिक निर्माण मुख्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख गुरुङले कोरला–त्रिवेणी सडकमार्फत दुई छिमेकी राष्ट्र जोड्ने र गण्डकी प्रदेशको समृद्धिको आधार निर्माण गर्न सरकार लागिपरेको बताउनुभयो ।
आठ वर्षदेखि अलपत्र परेको नवलपुरमा पर्ने दुम्कीबास–गजेन्द्रमोक्ष सडकखण्डको निर्माणलाई गति दिन उक्त सडकलाई बजेट सुनिश्चितता गरी वन्यजन्तुमैत्री संरचनासहित तीन वर्षभित्र निर्माण सम्पन्न गर्न विस्तृत आयोजना प्रतिवेदन निर्माणका लागि कार्यारम्भ भएको गुरुङले बताउनुभयो ।
सङ्घ सरकारसँगको समन्वय र स्थानीय तहको सहकार्यमा प्रदेश गौरवको आयोजनाका रूपमा रहेका नवलपुरको लोकाहाखोला, कास्की र तनहुँको पुँडिटारमा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्र स्थापना, व्यवस्थापन तथा सञ्चालनका लागि पूर्वाधार निर्माणका कार्यलाई प्राथमिकता दिइने सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । कालीगण्डकी, मस्र्याङ्दीलगायत करिडोर क्षेत्रमा कृषिमा आधारित एकीकृत विकासलाई प्राथमिकतामा राखेर कार्य प्रारम्भ गरिने उहाँले बताउनुभयो ।
नवलपुरको डेढगाउँबाट तनहुँको भिमाद तथा नवलपुरको डेढगाउँबाट नवलपुरकै झ्यालबास खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख गुरुङले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमका आधारमा रही गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/८१ का लागि बजेट तयार पार्नेछ । त्रिवेणी–कोरला सडकलाई धार्मिक मार्गसँगै आर्थिक मार्गका रुपमा प्रदेश तथा सङ्घीय सरकारले हेर्दै आएको छ ।