• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान

बंगलादेश मोडल मेरो प्रस्ताव होइन– प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा नेपाल र भारतबीचको सीमा समस्याका लागि आफूले बंगलादेश मोडल प्रस्ताव नगरेको बताउनुभएको छ ।

भारत भ्रमणबारे सोमबार संसद्लाई जानकारी दिँदै उहाँले जमिन साटासाट गरेर सीमा समस्या समाधान गर्ने बंगलादेश मोडल आफ्नो प्रस्ताव नभएको स्पष्ट गर्नुभयो । “नेपालका केही विज्ञ, वुद्धिजीवीहरुले यस्ता पनि भनेका छन् मात्र भनेको छु”, उहाँले भन्नुभयो, “बंगलादेश मोडल मेरो कुरा होइन ।”

कालापानी, लिपुलेक र लिम्पियाधुराबारे आफूले प्रष्ट धारणा राखेको बताउनुभयो । उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने स्थापित गर्न आफूले भूमिका खेलेको जानकारी दिनुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सार्वजनिक रुपमै सीमा समाधान गर्छौं भनेर पहिलो पटक बोलेको भन्दै उहाँले यताउता गर्यो कि भनेर राखेका देख्दा चिन्तित र पीडित भएको बताउनुभयो ।

बरु एमाले निकट वुद्धिजिवीहरुले नै बंगलादेशसँग पहुँच हुने हो भने विकल्पमा जान सकिन्छ भनेको उहाँको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “तपाईंहरुसँग नजिक भएका वुद्धिजीवीहरुले भनेका छन् । नाम भन्नै बल गर्नुहुन्छ भने मलाई अप्ठ्यारो छैन ।”