• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइनेमा ★   नेपालमा लगानीका लागि धेरै सम्भावना छन्: मन्त्री चौधरी ★   इलाम अपडेटः कांग्रेसको अग्रता कायमै, कसको मत कति ? ★   प्रिमियर लिगमा आज आर्सनल र टोटेनहमबीच प्रतिस्पर्धा, म्यान्चेस्टर सिटीले नटिङहमसँग खेल्दै ★   युद्धविरामका लागि इजरायली प्रस्ताव अध्ययन गरिँदै: हमास ★   आगामी डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेछौँ: प्रधानमन्त्री ★   दर्शकको साथ पाए नेपाली चलचित्रले ★   निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो ★   दाङको राजपुुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले ★   २५० रन जोगाउन पनि गाह्रो भन्दै ऋषभ पन्तले इम्प्याक्ट प्लेयरको नियममा प्रश्न उठाए

नागरिकता विधेयकसम्बन्धि सर्वोच्चको आदेशविरुद्ध धनुषामा प्रदर्शन, राजमार्ग अवरुद्ध



जनकपुरधाम । सर्वोच्च अदालतले नागरिकता वितरण रोक्न आदेश दिएर लाखौँ नेपालीको भविष्यसँग खेलवाड गरेको भन्दै धनुषाको महेन्द्रनगरका स्थानीयबासि आन्दोलित भएका छन् ।

सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको विरोधमा उनीहरु आन्दोलनमा उत्रिएका हुन् । । उनीहरूले पूर्व पश्चिम राजमार्गमा टायर बालेर राजमार्ग अवरुद्ध गरेका छन् ।

प्रदर्शनकारीले नेपाली नागरिकलाई अनागरिक बनाउन मिल्दैन, नागरिकतामा राजनीति बन्द गर, राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकको आधारमा नागरिकता वितरण गर जस्ता नारा लगाएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले केहि दिन अगाडी मात्र थन्किएर बसेको नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

आइतबार जिल्ला प्रशासन कार्यालयहरूले प्रमाणीकरण भएको विधेयकको आधारमा नागरिकता प्रधान सूचना जारी गरेको थियो । तर, सर्वोच्च अदालतले तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यान्वयन नगर्न आदेश दिएपछि नागरिकता वितरण रोकिएको छ ।

सोहि कुरालाई लिएर अहिले महेन्द्रनगरबासि आन्दोलित छन् । विद्यार्थी जनमत संघ र नागरिकता विहीनहरूले जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि प्रदर्शन गरिरहेका छन् ।