• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

प्रधानमन्त्री प्रचण्डले संघिय संसद्को दुबै सदनमा प्रष्टीकरण दिने



file photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघिय संसद्को दुबै सदनमा प्रमुख प्रतिपक्ष नेकपा एमाले लगायतका दलहरुले उठाएका विभिन्न प्रश्नहरुको जवाफ दिने संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले संसदमा सुरुमै प्रष्टीकरण राख्ने तयारी गरेको संसद् सचिवालयले जनाएको हो ।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति र नागरिकता विधेयकको विषयलाई लिएर आइतबार सदन अवरोध गरेका थिए । उनीहरले प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न नदिने चेतावनि दिएका थिए ।

संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले अहिले केहीबेरमा प्रमुख दलका सचेतकहरूसँग छलफल गर्ने सभामुखको सचिवालयले जनाएको छ ।

यसअघि आइतबार साँझ सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन संवाद गर्दै सरकारका तर्फबाट अवरोध हटाउन पहल गर्न आग्रह गरेका थिए ।