४ पुष २०८२, शुक्रबार
,
Latest
डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिगको अन्तिम खेलमा बार्सिलोना पराजित



अ+ अ-

एजेन्सी । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले लिगको अन्तिम खेलमा हार बेहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग २–१ गोलले स्तब्ध बनेको हो ।

सेल्टालाई जित दिलाउन दुबै गोल गाब्री भिएगाले गरे । बार्सिलोनाका आन्सु फातीले एक गोल फर्काए । खेलको ४२ औं मिनेटमा भिएगाले गोल गर्दै घरेलु टोली सेल्टालाई सुरुवाती अग्रता दिलाएका थिए ।

६५ औं मिनेटमा भिएगाले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । ७९ औं मिनेटमा फातीले गोल फर्काएपनि उनले बार्सिलोनाको हार टार्न सकेनन् । च्याम्पियन बार्सिलोनाले ३८ खेलबाट ८८ अंक जोड्दै लिग सकायो । यता, भालाडोलिड, इस्पान्योल र इल्चे रेलिगेशनमा परे ।