२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी पक्षलाई प्रधानन्यायाधीशको जवाफ : संविधानको धारा १३७ हेर्नुस् !



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलास नेपालको संविधानको धारा १३७ ले दिएको अधिकार प्रयोग गरेर नै गठन गरेको बताएका छन् ।

सरकारी पक्षका वकिलहरूले इजलास गठनबारे प्रश्न उठाएपछि प्रधानन्यायधीश जबराले यस्तो जवाफ फर्काएका हुन् ।

'संविधानको धारा १३७ हेर्नुस्, प्रधानन्यायाधीश र न्याय परिषद्को सिफारिशमा प्रधानन्यायाधीशले तोकेका अन्य ४ जना न्यायाधीश रहने भन्ने उल्लेख छ । त्यसै आधारमा रोस्टरभित्रै बाट इजलास गठन गरिएको हो' अधिवक्ता परशुराम कोइरालाको प्रश्नको जवाफमा जबराले भने ।

यसअघि महान्यायाधिवक्ता रमेश बडाल, पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले पनि संवैधानिक इजलास गठन बारे उठाएको प्रश्नको एकमुष्ट जवाफ दिँदै प्रधानन्यायाधीश जबराले थपे – 'सबै ऐन कानूनअनुसार नै बनाएको हो ।'