• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

नक्कली शरणार्थी प्रकरण : आज पनि थुनछेक बहस 



file photo
काठमाडौँ । नक्कली शरणार्थी प्रकरणका आरोपीमाथि आज पनि थुनछेक बहस जारी रहनेभएको छ । काठमाडौँ जिल्ला अदालतमा हिजोदेखि सुरु भएको बहस आज पनि जारी रहने भएको हो ।
न्यायाधीश प्रेमप्रसाद न्यौपाानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिल कार्यालयका दुई जना वकिलले मात्रै बहस गरेका थिए । आज र भोलि सरकारी वकिलले बहस गरेपछि अर्को मंगलरबारसम्म आरोपीका तर्फबाट बहस हुनेछ ।
हिजोको थुनछेक बहसमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण। निलम्बित  सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायतका आरोपी अदालतमा उपस्थित थिए ।
थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने वा नपाउने निर्णय लिइनेछ ।