• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय सहमति जुटाउन ढिला भइसक्योः प्रवक्ता सापकोटा ★   अब खेलकुदमा दौडिन्छ कर्णालीः मुख्यमन्त्री कँडेल ★   दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा ★   जिबी राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको छ – लामिछाने ★   सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छः उपप्रधानमन्त्री श्रेष्ठ ★   ‘म ग्यारेन्टी दिन्छु सलमानले कहिल्यै बिहे गर्दैनन्’ ★   गगन थापाले स्वीकारे गृहमन्त्री रवि लामिछानेको चुनौति, प्रमाण पुर्याउन नसके राजनीति छोड्ने ★   भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै ★   धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र ★   गधाबाट मानिसले यस्ता कुराहरु सिक्नुपर्छ

राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश



काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासले राष्ट्रपति रामचन्द्र पौडेलबाट गत बुधबार प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको हो ।

राष्ट्रपति पौडेलले गैरसंवैधानिक रूपमा नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए ।

उक्त रिटमाथि आइतबार सुनुवाइ गर्दै सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । यस्तै, अन्तरिम आदेशका लागि दुवै पक्षलाई बोलाएको छ भने विपक्षी राष्ट्रपति कार्यालयलगायतका नाममा कारण देखाउ आदेश पनि जारी गरिएको छ ।