९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सरकारले सबै आयोजनाहरुको म्याद नथपे निर्माणसम्बन्धि सबै कामहरु ठप्प पार्छौ: निर्माण व्यवसायी

सरकारले सबै आयोजनाहरुको म्याद नथपे निर्माणसम्बन्धि सबै कामहरु ठप्प पार्छौ: निर्माण व्यवसायी
अ अ+ अ-

काठमाडौँ । निर्माण व्यवसायीहरुले आगामी असार ४ गते भित्र सबै आयोजनाहरुको म्याद थपको निर्णय सरकारले नगरे निर्माणसम्बन्धि सबै कामहरु ठप्प पारिदिने चेतावनी दिएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले आईतबार काठमाडांैमा पत्रकार सम्मेलन गरी सो चेतावनी दिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महतसँग पटक–पटक छलफल हुँदा गरिएको सहमती अनुसार सबै आयोजनाहरुको म्याद थप यही असार ४ गते भित्र नभए आफूहरु निर्माण कार्यनै ठप्प पारी आन्दोलनमा जान बाध्य हुने महासंघका अध्यक्ष रवि सिंहले बताउनु भयो । उहाँले विगत लामो समयदेखि आफूहरुले राख्दै आएको सो माग पूरा हुने गरी आगामी आर्थिक वर्षको बजेट नआएको भन्दै आपत्ति जनाउनु भयो ।

अध्यक्ष सिंहले निर्माण उद्योग अर्थतन्त्रलाई चलायमान पार्ने उद्योगहरुको पनि उद्योग भएकाले त्यसको माग सम्बोधन गरेर अघि बढन सरकारलाई फेरी पनि खवरदारी गर्नु परेको स्पष्ट पार्नु भयो । महासंघले निर्माण व्यवसायीहरुको माग सम्बोधन अव पनि नभए सबै इजाजत राज्यलाई बुझाएर आन्दोलनमा होमिन बाध्य हुने पनि जनाएको छ । महासंघका अध्यष सिंहले भन्नु भयो, ‘हामीले धैर्यतापूर्वक नै सरकारसँग संवाद गरिरहेका छौं । आजको दिनमा पनि हामी धैर्यतापूर्वक हामीले आन्दोलन गर्ने भनेर जुन भनिराखेका छौं । आन्दोलनको विभिन्न स्वरुपहरु हुन्छ । अन्तय यहाँले भन्नु भएको जस्तै हामी बाध्य पनि हुन सक्छौं । तर लामो समयदेखि धैर्यतापूर्वक सरकारसँग हामी संवादनै गरिरहेका छौं । र, संवादबाटै यो समस्याको जटिलतालाई, गम्भिरताालई सम्मानीय प्रधानमन्त्रीज्यूसँग दुई पटक बसेर हामीले बुझायौं । र, अर्थमन्त्रीज्यूसँग त धेरैपटक बस्यौं ।

भौतिक पूर्वाधार मन्त्रीज्यूलाई पनि यो विषयमा पटकपटक छलफल गरेर यो विषयमा अवगत गरायौं । र, उहाँहरुबाट पनि हामीले प्रतिवद्धता पाएका थियौं । यसलाई सम्बोधन गछौं भन्नु भएको थियो । र, यो बजेटमा समावेश गर्छौं भनेर सरकारले, सरकार प्रमुख सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यू, अर्थमन्त्री डा. प्रकाशशरण महतज्यूसँग पनि बसेर छलफल गरेर यो समस्यालाई सम्बोधन गर्ने भन्नु भएको थियो । र, हामीले एकदमै ठूलो धैर्यताका साथ आशा गरेर जेठ १५ कुरेर बसेका थियौं ।

र, अहिले पनि हामी धैर्यतापूर्वक नै सरकारलाई खवरदारी गरिरहेका छौं । अहिले पनि हामीले असार ४ गते भित्रमा यो म्याद थपको समस्यालाई सम्बोधन गर्नु पर्‍यो । र, यो म्याद थप भएन भने अव आउने वर्षमा पनि मुलुकले चाहेको पूर्वाधारको विकास हुँदैन । अझ पनि अर्थतन्त्र चलायमान गर्न सक्दैन । निर्माण उद्योग भनेको उद्योगहरुको पनि उद्योग हो । यो चलायमान नभईकन देशको अर्थतन्त्र चलायमान हुँदैन । अन्य उद्योगहरु चलायमान हुँदैन । सरकारसँग वार्ता गरिरहेका छौं ।’

महासंघले नेपाल सरकारलाई आर्थिक भारलाई बढन नदिन र आयोजनाहरु अलपत्र हुने अवस्था आउन नदिन पनि निर्माण व्यवसायीहरुको सो माग सम्बोधन गर्न गम्भिर ध्यानाकर्षण गराउनु परेको बताएका छ । सरकारले समयमै आवश्यक बजेटको व्यवस्था नगर्दा, आयोजनाहरुको म्याद थप नगर्दा मुलुकको पूर्वाधार निर्माणको कामले गति लिन नसकेको पनि अध्यक्ष सिंहले बताउनु भयो ।