२५ श्रावण २०८३, सोमबार
,
Latest
यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति अनलाइन ठगीको सञ्जालः विवाहको प्रलोभनमा कास्कीकी एक महिलाले गुमाइन् ३१ लाख रुपैयाँ ह्वाइट हाउसको मुख्य कानूनी सल्लाहकारमा विल शार्फ नियुक्त दक्षिण लेबनानको ‘पाइलट क्षेत्र’ मा तीन सैनिक घाइते, इजरायली सेनाद्वारा अनधिकृत संरचना निर्माण झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेट्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ५३ अङ्कले बढ्यो



symbolic picture
अ+ अ-

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ ।

आज नेप्से परिसूचक ५३ दशमलव ०३ अङ्क अर्थात् दुई दशमलव ८४ प्रतिशतले बढेर एक हजार नौ सय १९ दशमलव ३७ अङ्कमा कायम भएको हो ।

आज दुई सय ७० कम्पनीको ४५ लाख ५७ हजार एक सय ६९ कित्ता शेयर ३१ हजार दुई सय ५२ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ६५ करोड ६३ लाख ४० हजार तीन सय ९१ बराबरको कारोबार भएको छ ।

नेप्सेका सबै सूचक आज हरियो भएका छन् । सेन्सेटिभ इन्डेक्स नौ दशमलव ४९, फ्लोट इन्डेक्स तीन दशमलव ५९ र सेन्सेटिभ फ्लोट इन्डेक्स दुई दशमलव ९४ अङ्कले बढेको छ । सबै समूहका उपसूचक पनि बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक चार सय सात दशमलव ०८ र जीवन बीमा समूहको उपसूचक तीन सय ४२ दशमलव ०५ अङ्कले बढेको छ ।

बैंकिङ समूह १७ दशमलव ३५, विकास बैंक एक सय १७ दशमलव ४५, वित्त ५२ दशमलव ७४ र होटल तथा पर्यटन समूह दुई सय ७४ दशमलव ८४ अङ्कले बढेको छ ।

त्यसैगरी, जलविद्युत् ९१ दशमलव ३९, लगानी एक दशमलव ६२, उत्पादन तथा प्रशोधन एक सय ५७ दशमलव ८४, लघुवित्त ८८ दशमलव ९२, म्युचुअल फन्ड शून्य दशमलव १०, व्यापार ८२ दशमलव ०८ र अन्य समूह ४२ दशमलव ३७ अङ्कले बढेको छ ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमेटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज १६ वटा कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । सबैभन्दा धेरै गुमाउनेमा ‘१२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ को शेयर मूल्य एक दशमलव ९६ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १५ करोड ८१ लाख ५४ हजार दुई सय ३८ बराबरको तीन लाख ३० हजार पाँच सय ४३ कित्ता शेयर किनबेच भएको छ ।