२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ५३ अङ्कले बढ्यो



symbolic picture
अ+ अ-

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ ।

आज नेप्से परिसूचक ५३ दशमलव ०३ अङ्क अर्थात् दुई दशमलव ८४ प्रतिशतले बढेर एक हजार नौ सय १९ दशमलव ३७ अङ्कमा कायम भएको हो ।

आज दुई सय ७० कम्पनीको ४५ लाख ५७ हजार एक सय ६९ कित्ता शेयर ३१ हजार दुई सय ५२ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ६५ करोड ६३ लाख ४० हजार तीन सय ९१ बराबरको कारोबार भएको छ ।

नेप्सेका सबै सूचक आज हरियो भएका छन् । सेन्सेटिभ इन्डेक्स नौ दशमलव ४९, फ्लोट इन्डेक्स तीन दशमलव ५९ र सेन्सेटिभ फ्लोट इन्डेक्स दुई दशमलव ९४ अङ्कले बढेको छ । सबै समूहका उपसूचक पनि बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक चार सय सात दशमलव ०८ र जीवन बीमा समूहको उपसूचक तीन सय ४२ दशमलव ०५ अङ्कले बढेको छ ।

बैंकिङ समूह १७ दशमलव ३५, विकास बैंक एक सय १७ दशमलव ४५, वित्त ५२ दशमलव ७४ र होटल तथा पर्यटन समूह दुई सय ७४ दशमलव ८४ अङ्कले बढेको छ ।

त्यसैगरी, जलविद्युत् ९१ दशमलव ३९, लगानी एक दशमलव ६२, उत्पादन तथा प्रशोधन एक सय ५७ दशमलव ८४, लघुवित्त ८८ दशमलव ९२, म्युचुअल फन्ड शून्य दशमलव १०, व्यापार ८२ दशमलव ०८ र अन्य समूह ४२ दशमलव ३७ अङ्कले बढेको छ ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमेटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज १६ वटा कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । सबैभन्दा धेरै गुमाउनेमा ‘१२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ को शेयर मूल्य एक दशमलव ९६ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १५ करोड ८१ लाख ५४ हजार दुई सय ३८ बराबरको तीन लाख ३० हजार पाँच सय ४३ कित्ता शेयर किनबेच भएको छ ।