२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना

कोराना खोप शीघ्र उपलब्ध नगराए पेट्रोलियम कारोबार बन्द हुने सरकारलाई चुनौती

कोराना खोप शीघ्र उपलब्ध नगराए पेट्रोलियम कारोबार बन्द हुने सरकारलाई चुनौती
अ अ+ अ-

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले १० हजार ३४६ कोभिड खोप शीघ्र उपलब्ध गराईदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ । पेट्रोलियम कारोबार क्षेत्रमा कोभिड १९ का कारण देशभर ११ जनाले ज्यान गुमाएको हुनाले शिघ्र खोप उपलब्ध गराउन माग गरेको हो । त्यस्तै करिब एक हजार २ सय संक्रमित र संक्रिय संक्रमितको संख्या १६८ रहेको बताइएको छ ।

एशोसिएशनले एक विज्ञप्ति निकाल्दै कोरोना महामारीले विश्व आक्रान्त बनेको बेलामा पनि अत्यावश्यक सेवालाई सुचारु गर्न अग्रपंक्तिमा रही कार्य गर्ने पेट्रोलियम व्यवासयीहरुलाई पनि कठिनाई उत्पन्न हुँदै आएको जानकारी गराएका छन् ।

विभिन्न मितिमा खोप माग गर्दा पनि उपलब्ध हुन नसक्दा व्यवसाय नियमित रुपमा संचालन गर्न नसक्ने भएकाले कुनै पनि दिन कारोबार बन्द हुनसक्ने एशोसिएशनले जनाएको छ । एशोसिएशनले नेपाल आयल निगम र सम्वन्धित वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत खोप उपलब्ध गराउनका लागि गत फागुन ७ गते, वैशाख १७ र जेठ १३ गते लगातार पत्रचार गरेको र विभिन्न प्रदेशअन्तर्गत संचालनमा रहेका पेट्रोल पम्पहरुको संचालक, कर्मचारी तथा फर्ममा रहेका टैंकलरीहरुका चालकरसहचालकहरु समेतको विवरण उल्लेख गरी खोप माग गरिएको र वाणिज्य मन्त्रालयले सोही अनुसार विवरण सहित स्वास्थ्य मन्त्रालयमा पठाईसके पनि हालसम्म यस क्षेत्रलाई खोप उपलब्ध हुन नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।