२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोराना खोप शीघ्र उपलब्ध नगराए पेट्रोलियम कारोबार बन्द हुने सरकारलाई चुनौती



अ+ अ-

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले १० हजार ३४६ कोभिड खोप शीघ्र उपलब्ध गराईदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ । पेट्रोलियम कारोबार क्षेत्रमा कोभिड १९ का कारण देशभर ११ जनाले ज्यान गुमाएको हुनाले शिघ्र खोप उपलब्ध गराउन माग गरेको हो । त्यस्तै करिब एक हजार २ सय संक्रमित र संक्रिय संक्रमितको संख्या १६८ रहेको बताइएको छ ।

एशोसिएशनले एक विज्ञप्ति निकाल्दै कोरोना महामारीले विश्व आक्रान्त बनेको बेलामा पनि अत्यावश्यक सेवालाई सुचारु गर्न अग्रपंक्तिमा रही कार्य गर्ने पेट्रोलियम व्यवासयीहरुलाई पनि कठिनाई उत्पन्न हुँदै आएको जानकारी गराएका छन् ।

विभिन्न मितिमा खोप माग गर्दा पनि उपलब्ध हुन नसक्दा व्यवसाय नियमित रुपमा संचालन गर्न नसक्ने भएकाले कुनै पनि दिन कारोबार बन्द हुनसक्ने एशोसिएशनले जनाएको छ । एशोसिएशनले नेपाल आयल निगम र सम्वन्धित वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत खोप उपलब्ध गराउनका लागि गत फागुन ७ गते, वैशाख १७ र जेठ १३ गते लगातार पत्रचार गरेको र विभिन्न प्रदेशअन्तर्गत संचालनमा रहेका पेट्रोल पम्पहरुको संचालक, कर्मचारी तथा फर्ममा रहेका टैंकलरीहरुका चालकरसहचालकहरु समेतको विवरण उल्लेख गरी खोप माग गरिएको र वाणिज्य मन्त्रालयले सोही अनुसार विवरण सहित स्वास्थ्य मन्त्रालयमा पठाईसके पनि हालसम्म यस क्षेत्रलाई खोप उपलब्ध हुन नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।