• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   माओवादी केन्द्रका उप महासचिव हरिवोल गजुरेल भन्छन्– सुहाङ्गले जिती सके ★   यस्तो सरल जीवनः ४०० करोडको मालिक यी स्टार चप्पल लगाएर बस–रेलमा हिँड्छन् ★   ऐतिहासिक ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार ★   चेन्नईका कप्तानको खुलासा – हामी हाम्रो कमजोरीले हारेका होइनौं, शीतका कारण हार्यौँ ★   धनकुटाको कोसेली नरिवल बिस्कुट ★   प्रधानमन्त्री र कतारका अमिरबीच द्विपक्षीय वार्ता : नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह ★   आज क्रिकेटका बादशाह सचिनको जन्मदिन, तोड्न असम्भव जस्तै रहेका उनका ६ रेकर्डहरु ★   तातो हावा ‘लू’बाट बच्न के गर्ने ? ★   कतारका अमिर स्वदेश फिर्ता ★   च्याम्पियन्स ट्रफी २०२५ मा खेल्न भारतीय टोली पाकिस्तान नजाने !

देशको समग्र हीतको रक्षापछि मात्रै संसदमा गतिरोध अन्त्य हुन्छ: ओली



फाईल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हीतको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताउनुभएको छ ।

आईतवार बसेको प्रतिनिधि सभाको बैठक अवरोधपछि संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसदको गतिरोध हटाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हीतको रक्षापछि मात्रै यो सेटल हुन्छ ।’

प्रतिपक्षी दलहरुको बिरोधका कारण प्रतिनिधि सभाको बैठक १ घण्टाका लागि स्थगित भएको छ ।