५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा ६ देशमा गैरआवासीय राजदूत नियुक्त



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ६ देशमा गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ । आइतबार राष्ट्रपति पौडेलले ब्रुनाई दारुसलाम,गणतन्त्र चिलि, क्रोसिया, गणतन्त्र काजखस्तान, लिथुआनिया र प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरियामा आवासीय राजदूत नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मलेसियाका आवासीय राजदूत डिल्लीराम पौडेललाई ब्रनाई दारुसलामको आवासीय राजदूत,ब्राजिलका आवासीय राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र चिलीको आवासीय राजदूत र अस्ट्रियाका आवासीय राजदूत भरतकुमार रेग्मीलाई क्रोसियामा गैरआवासीय राजदूत नियुक्त गरिएको हो ।

यस्तै, रुसी महासंघको आवासीय राजदूत मिलनराज तुलाधारलाई गणतन्त्र काजखस्तानको गैरआवासीय राजदूत,डेनमार्कको आवासीय राजदूत प्रा।डा।राम स्वार्थ राय र इजिप्टका आवासीय राजदूत सुशीलकुमार लम्साललाई प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरियाको गैरआवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राष्ट्रपति पौडेलले ६ जना आवासीय राजदूतलाई गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको हो ।

 




भर्खरै