१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय योजना आयोगले पायो पूर्णता



अ+ अ-

काठमाडौँ । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ ।

आईतवार राष्ट्रिय योजना आयोगका नवनियुक्त महिला सदस्य डा.अनिता शाह ढुंगानाले पद तथा गोपनियताको शपथ लिएसँगै आयोगले लामो समयपछि पूर्णता पाएको हो ।

नवनियुक्त सदस्य ढुंगानाले आईतवार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो । सदस्यको रुपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको हो । आयोगका प्रवक्ता तथा सदस्य डा. रामकुमार फुयालले सदस्य ढुंगानाले सपथ लिएसँगै कार्यभार समेत समाल्नु भएको बताउनु भयो ।

उहाँले राष्ट्रिय योजना आयोगमा गठन आदेशमा उपाध्यक्ष सहित ७ जना पदाधिकारी रहने व्यवस्था रहेको बताउनु भयो । उहाँले ६ जना सदस्यमा एक जना महिला सदस्य हुनु पर्ने अनिवार्य व्यवस्था रहेको पनि बताउनु भयो। प्रवक्ता फुयाँलले ५ जना आयोगको सदस्यमा गत माघ ४ गतेको मन्त्रीपरिषद्ले निर्णय गरेर नियुक्त भएको बताउनु भयो। उहाँले नवनियुक्त सदस्य ढुंगानाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानून, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाएको बताउनु भयो ।

उहाँले सरकारले ल्याएको बजेटमा मन्त्रालयहरुलाई आयोगले सहयोग गर्ने र भएका योजनाहरुको अनुगमन र मूल्याङ्कनमा कसरी जोड दिने विषयमा आयोग लाग्ने बताउनु भयो । उहाँले सरकारको सरकारले गर्ने पुँजीगत खर्च कसरी बढाउने भन्ने विषयमा वृहत छलफल गरेर अगाडि बढ्ने बताउनु भयो ।

२०७९ जेठ ९ गते आयोगको उपाध्यक्षको रुपमा डा. श्रेष्ठले पदबहाली गरेका थिए । आयोगको सदस्यहरु डा. रामकुमार फुयाँल, डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, डा. आरपी बिच्छा, र डा. रमेश पौडेल नियुक्त भइसकेका थिए । आयोगले सदस्यहरुलाई विभिन्न जिम्मेवारी समेत दिएको छ । जसमा सदस्यहरु डा. फुयाँललाई उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्यांक साथै सुदूरपश्चिम प्रदेशको जिम्मेवारीे डा. राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मा दिइएको छ ।

यसैगरी डा. बुढाथोकीलाई उर्जा, वन, सार्वजनिक निजी साझेदारी साथै वागमती प्रदेश, डा. बिच्छालाई स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन साथै कोशी प्रदेशको जिम्मेवारी दिइएको छ भने डा. पौडेललाई शिक्षा, शहरी विकास, युवा तथा खेलकुद साथै वागमती प्रदेशको जिम्मेवारी दिइएको छ ।