• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   आजको आईपीएल: घरेलु मैदानमा कोलकातामाथि जितको खोजिमा बेंगलुरु ★   दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु ★   नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रुपमा आवाज उठायौँ: सभामुख घिमिरे ★   चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल ★   सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ३० हजार पुग्यो ★   व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय ★   आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन: प्रधानमन्त्री ★   प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न गृहमन्त्रालयले बनायो छानविन समिति ★   दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा ★   पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला

जवसम्म प्रधानमन्त्री रोष्टममा आएर स्पष्ट पार्नु हुन्न, तवसम्म संसद अगाडि बढदैन– राजेन्द्र लिङदेन



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पनि संसद बैठक चल्न नदिने चेतावनी दिनु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा भारतको नयाँ संसद भवनमा राखिएको भारतको नक्शामा समावेश गरिएको नेपाली भूमिबारे संसदको रोष्टममा आएर जवाफ नदिएसम्म संसद बैठक चल्न नदिने उहाँको अडान थियो । यस अघि एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेपछि अध्यक्ष लिङदेनले पनि बोल्नका लागि समय पाउनु भएको थियो । त्यसक्रममा उहाँले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा घोर आपत्ति जनाउँदै त्यसलाई तत्काल संसदमा ल्याएर प्रक्रिया अघि बढाउन पनि सरकारसँग माग गर्नु भयो ।

अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जानु केही घण्टा अघि मात्रै किन त्यो विधेयक प्रमाणिकरण गर्नु परेको पनि सरकारलाई प्रश्न समेत गर्नु भयो । अध्यक्ष लिङदेनले भन्नु भयो, ‘बाबुआमा नागरिक भएका तर छोराछोरी नागरिकता पाउनबाट बञ्चित भएका हजारौं उमेर पुगेका मानिसहरुले नागरिकता पाउनु पर्दछ । र, उनीहरुको लागि चाँडो भन्दा चाँडो नागरिकता ऐनमा संशोधन हुनु पर्दछ भन्ने कुरामा हामी कसैको दुईमत छैन । तर अहिले पछिल्लो दिनमा जुन प्रक्रियाबाट र त्यो पनि जुन समयमा नागरिकता विधेयक प्रमाणिकरण गरियो । त्यसको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर विरोध र भत्सर्ना गर्दछ ।

हामी दोहोर्‍याएर भन्न चाहन्छौं–चाडो भन्दा चाँडो यसलाई प्रक्रियामा ल्याउनु पर्‍यो । यही संसदबाट यसलाई अगाडि बढाउनु पर्‍यो । यसमा कुनै प्रकारको ढिलाई नगरियोस् । र, यो जुन गल्ती गरिएको छ । यसलाई सच्याईयोस् । राष्ट्रपति मन्त्रीपरिषदको कारिन्दा होइन । मन्त्रीपरिषदको आज्ञापालक होइन । राष्ट्रिय प्रजातन्त्र पार्टीले त बारम्बार भनिराखेका थियो कि यो राष्ट्रपति संस्था संैद्धान्तिक रुपले पनि अभिभावक हुन सक्दैन । निष्पक्ष हुँदैन । सिद्धान्तमा हामीले यसर्ला जतिसुकै निष्पक्ष अभिभावक भने पनि अन्तत्वगत्वा दलको निर्देशनमा चल्छ भनेर भनेका थियौं । अहिले त्यही कुरा भयो । यत्रो दिन किन यो नागरिकत विधेयक प्रमाणीकरण गर्नु परेन । अथवा सरकारको चासोको विषय भएन । र, भारत भ्रमण गर्नु भन्दा १/२ घण्टा अगाडि चाँही त्यसलाई किन प्रमाणीकरण गर्नु पर्‍यो ? कसको स्वार्थका लागि र कसेको खुशीको लागि यो काम गरियो ? यसको जवाफ चाहियो ? हामी जवाफ चाहन्छौ ।

राष्ट्रपति भन्ने संस्थालाई जुन प्रकारले दलीय स्वार्थका लागि उपयोग गरिराखिएको छ । सत्ता स्वार्थको लागि दूरुपयोग गरि राखिएको छ । यो केवल नागरिकता विधेयकको कुरा मात्रै होइन, यो आममाफीको विषय पनि कुरा उठाउन चाहन्छौं । कुनै एउटा व्यक्तिलाई अदालतको तीन वटै तहले दोषी प्रमाणित गरेर फैसलाको पूर्ण पाठ नआउँदैखेरी मन्त्रीपरिषदको सिफारिसमा, कुनै दलको सिफारिसमा आममाफी दिनेभन्ने कुराले कस्तो प्रकारको नजिर बस्छ ? हामी कुनै एउटा व्यक्ति कोही कसैको माफीसँग कोही जेल जानु र छुटनुसँगको कुरा गरिराखेको छैनौं । विधिको कुरा गरिराखेका छौं ।

हामीले देशलाई कुन बाटोमा पुर्‍याउन खोजिराखेका छौं । प्रधानमन्त्री भर्खरै भारत भ्रमण सकेर आउनु भयो । उहाँ भारत भ्रमणमा निस्कनु भन्दा अगाडि भारतले आफ्नो नयाँ संसद भवनको उद्घाटन गर्‍यो । र, त्यहाँ अखण्ड भारतको एउटा नक्शा राखियो । जहाँ नेपालको महत्वपूर्ण भूमि लुम्विनी, कपिलबस्तु समावेश गरेर प्रकाशित गरिएको छ । राखिएको छ । त्यसको बारेमा उहाँले के उठाउनु भयो ? त्यसको बारेमा के छलफल भयो ? अरु पनि सोध्नुपर्ने थुप्रै कुराहरु छन । जवसम्म प्रधानमन्त्री रोष्टममा आएर यस विषयमा स्पष्ट पार्नु हुन्न, तवसम्म संसद अगाडि बढदैन सभामुख महोदय ।’

अध्यक्ष लिङदेनले सत्तास्वार्थका लागि त्यसढंगले नागरिकता विधेयक प्रमाणीकरण गर्ने काम आफ्नो पार्टीलाई सैह्य नहुने पनि बताउनु भयो । यसैबीच, प्रतिनिधिसभा बैठक एक घण्टाका लागि स्थगित गरिएको छ ।