९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

जवसम्म प्रधानमन्त्री रोष्टममा आएर स्पष्ट पार्नु हुन्न, तवसम्म संसद अगाडि बढदैन– राजेन्द्र लिङदेन

जवसम्म प्रधानमन्त्री रोष्टममा आएर स्पष्ट पार्नु हुन्न, तवसम्म संसद अगाडि बढदैन– राजेन्द्र लिङदेन
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पनि संसद बैठक चल्न नदिने चेतावनी दिनु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा भारतको नयाँ संसद भवनमा राखिएको भारतको नक्शामा समावेश गरिएको नेपाली भूमिबारे संसदको रोष्टममा आएर जवाफ नदिएसम्म संसद बैठक चल्न नदिने उहाँको अडान थियो । यस अघि एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेपछि अध्यक्ष लिङदेनले पनि बोल्नका लागि समय पाउनु भएको थियो । त्यसक्रममा उहाँले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा घोर आपत्ति जनाउँदै त्यसलाई तत्काल संसदमा ल्याएर प्रक्रिया अघि बढाउन पनि सरकारसँग माग गर्नु भयो ।

अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जानु केही घण्टा अघि मात्रै किन त्यो विधेयक प्रमाणिकरण गर्नु परेको पनि सरकारलाई प्रश्न समेत गर्नु भयो । अध्यक्ष लिङदेनले भन्नु भयो, ‘बाबुआमा नागरिक भएका तर छोराछोरी नागरिकता पाउनबाट बञ्चित भएका हजारौं उमेर पुगेका मानिसहरुले नागरिकता पाउनु पर्दछ । र, उनीहरुको लागि चाँडो भन्दा चाँडो नागरिकता ऐनमा संशोधन हुनु पर्दछ भन्ने कुरामा हामी कसैको दुईमत छैन । तर अहिले पछिल्लो दिनमा जुन प्रक्रियाबाट र त्यो पनि जुन समयमा नागरिकता विधेयक प्रमाणिकरण गरियो । त्यसको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर विरोध र भत्सर्ना गर्दछ ।

हामी दोहोर्‍याएर भन्न चाहन्छौं–चाडो भन्दा चाँडो यसलाई प्रक्रियामा ल्याउनु पर्‍यो । यही संसदबाट यसलाई अगाडि बढाउनु पर्‍यो । यसमा कुनै प्रकारको ढिलाई नगरियोस् । र, यो जुन गल्ती गरिएको छ । यसलाई सच्याईयोस् । राष्ट्रपति मन्त्रीपरिषदको कारिन्दा होइन । मन्त्रीपरिषदको आज्ञापालक होइन । राष्ट्रिय प्रजातन्त्र पार्टीले त बारम्बार भनिराखेका थियो कि यो राष्ट्रपति संस्था संैद्धान्तिक रुपले पनि अभिभावक हुन सक्दैन । निष्पक्ष हुँदैन । सिद्धान्तमा हामीले यसर्ला जतिसुकै निष्पक्ष अभिभावक भने पनि अन्तत्वगत्वा दलको निर्देशनमा चल्छ भनेर भनेका थियौं । अहिले त्यही कुरा भयो । यत्रो दिन किन यो नागरिकत विधेयक प्रमाणीकरण गर्नु परेन । अथवा सरकारको चासोको विषय भएन । र, भारत भ्रमण गर्नु भन्दा १/२ घण्टा अगाडि चाँही त्यसलाई किन प्रमाणीकरण गर्नु पर्‍यो ? कसको स्वार्थका लागि र कसेको खुशीको लागि यो काम गरियो ? यसको जवाफ चाहियो ? हामी जवाफ चाहन्छौ ।

राष्ट्रपति भन्ने संस्थालाई जुन प्रकारले दलीय स्वार्थका लागि उपयोग गरिराखिएको छ । सत्ता स्वार्थको लागि दूरुपयोग गरि राखिएको छ । यो केवल नागरिकता विधेयकको कुरा मात्रै होइन, यो आममाफीको विषय पनि कुरा उठाउन चाहन्छौं । कुनै एउटा व्यक्तिलाई अदालतको तीन वटै तहले दोषी प्रमाणित गरेर फैसलाको पूर्ण पाठ नआउँदैखेरी मन्त्रीपरिषदको सिफारिसमा, कुनै दलको सिफारिसमा आममाफी दिनेभन्ने कुराले कस्तो प्रकारको नजिर बस्छ ? हामी कुनै एउटा व्यक्ति कोही कसैको माफीसँग कोही जेल जानु र छुटनुसँगको कुरा गरिराखेको छैनौं । विधिको कुरा गरिराखेका छौं ।

हामीले देशलाई कुन बाटोमा पुर्‍याउन खोजिराखेका छौं । प्रधानमन्त्री भर्खरै भारत भ्रमण सकेर आउनु भयो । उहाँ भारत भ्रमणमा निस्कनु भन्दा अगाडि भारतले आफ्नो नयाँ संसद भवनको उद्घाटन गर्‍यो । र, त्यहाँ अखण्ड भारतको एउटा नक्शा राखियो । जहाँ नेपालको महत्वपूर्ण भूमि लुम्विनी, कपिलबस्तु समावेश गरेर प्रकाशित गरिएको छ । राखिएको छ । त्यसको बारेमा उहाँले के उठाउनु भयो ? त्यसको बारेमा के छलफल भयो ? अरु पनि सोध्नुपर्ने थुप्रै कुराहरु छन । जवसम्म प्रधानमन्त्री रोष्टममा आएर यस विषयमा स्पष्ट पार्नु हुन्न, तवसम्म संसद अगाडि बढदैन सभामुख महोदय ।’

अध्यक्ष लिङदेनले सत्तास्वार्थका लागि त्यसढंगले नागरिकता विधेयक प्रमाणीकरण गर्ने काम आफ्नो पार्टीलाई सैह्य नहुने पनि बताउनु भयो । यसैबीच, प्रतिनिधिसभा बैठक एक घण्टाका लागि स्थगित गरिएको छ ।