९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सन्दीपको अर्को पेशी असार २९ मा, भोलि नै दक्षिण अफ्रिका पठाउने तयारी

सन्दीपको अर्को पेशी असार २९ मा, भोलि नै दक्षिण अफ्रिका पठाउने तयारी
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विश्वकप छनोटको अभ्यास खेल खेल्न भोलि दक्षिण अफ्रिका जाने भएका छन् । जिल्ला अदालत काठमाडौँले उनीविरुद्दको मुद्दाको पेशी असार २९ लाई सारेपछि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई भोलि नै दक्षिण अफ्रिका पठाउन लागेको हो ।

राष्ट्रिय क्रिकेट टोली भने मंगलबार नै दक्षिण अफ्रिका प्रस्थान गरिसकेको छ । अदालतमा विचाराधीन मुद्दाका कारण सन्दीप उक्त टोलीमा छुटेका थिए । प्रत्येकपटक पेशी तोकिएको २१ दिनभित्र अनिवार्य अदालत उपस्थित हुनुपर्ने प्रावधानका कारण सन्दीप रोकिएका हुन् ।

सन्दीपका वकिलहरूले अदालतलाई अर्को पेशी डेढ महिना पछाडि सार्न निवेदन दिएका थिए । अदालतले सो निवेदनलाई स्वीकृत गरेसँगै सन्दीपलाई दक्षिण अफ्रिका जाने बाटो खुलेको हो ।

दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास म्याच खेल्दैछ । त्यसपछि त्यतैबाट जिम्बाबेमा हुने विश्वकपको ग्लोबल क्वालिफायरमा नेपालले भाग लिने छ ।

महत्त्वपूर्ण प्रतियोगितामा सन्दीप छुट्दा नेपालका लागि महँगो पर्न सक्ने थियो । त्यसैले क्यानले उनलाई लैजान आवश्यक पहल गरिरहेको थियो ।

असार २९ गतेभन्दा अगाडि पेशी नतोकिने भएकाले सन्दीपले जिम्बाबेमा क्वालिफायर खेल्न भ्याउनेछन् । क्यानका प्रवक्ता दुर्गाराज पाठकले सन्दीपलाई भोलि नै पठाउने गरी आवश्यक तयारी गरिएको बताए ।