५ श्रावण २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणमा कीर्ते काम भएको छ, एमाले मौन बस्दैन– सचेतक गिरी



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण गर्ने क्रममा किर्ते काम भएको विषय सदनमा उठाउने जनाएको छ ।

एमालेका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिबाट मृत विधेयक प्रमाणीकरणका नाममा सरकारी कागजात किर्ते गरेको बाहिर आइसकेकाले यो विषयमा सदन मौन रहन नसक्ने बताए ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ९ बुँदे सुझावसहित फिर्ता पठाएको विधेयक प्रमाणीकरण नभएपछि गत असोजमा निष्क्रिय भएको थियो । निष्क्रिय रहेको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरिदिदा यो स्वीकार्य नरहेको सचेतक गिरीले बताए ।

‘संविधान बमोजिम निष्क्रिय भइसकेको विधेयक मन्त्रिपरिषद्को निर्णयको हवाला दिँदै राष्ट्रपतिबाट प्रमाणीकरण हुनु असंवैधानिक हो ।’, सचेतक गिरीले भने, ‘त्यसमाथि तत्कालीन सभामुखले हस्ताक्षर गरेको र तत्कालीन राष्ट्रपतिले प्रमाणीकरण नगरेको सरकारी कागजातमाथि अहिलेका राष्ट्रपतिले केरमेट गरेर आफ्नो नाम राखी प्रमाणीकरण गरेँ भन्नु सरासर किर्ते काम हो, यो स्वीकार्य छैन ।’

अहिले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे रहेकोले र तत्कालिन सभामुख अग्नि सापकोटा हुँदा राष्ट्रपतिमा रामचन्द्र पौडेल नभएको भन्दै सापकोटाको हस्ताक्षर भएको विधेयक प्रमाणीकरणको संवैधानिक ढाँचामा राष्ट्रपति पौडेलले हस्ताक्षर गर्नु किर्ते काम भएको उनको भनाई छ ।