६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणमा कीर्ते काम भएको छ, एमाले मौन बस्दैन– सचेतक गिरी



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण गर्ने क्रममा किर्ते काम भएको विषय सदनमा उठाउने जनाएको छ ।

एमालेका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिबाट मृत विधेयक प्रमाणीकरणका नाममा सरकारी कागजात किर्ते गरेको बाहिर आइसकेकाले यो विषयमा सदन मौन रहन नसक्ने बताए ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ९ बुँदे सुझावसहित फिर्ता पठाएको विधेयक प्रमाणीकरण नभएपछि गत असोजमा निष्क्रिय भएको थियो । निष्क्रिय रहेको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरिदिदा यो स्वीकार्य नरहेको सचेतक गिरीले बताए ।

‘संविधान बमोजिम निष्क्रिय भइसकेको विधेयक मन्त्रिपरिषद्को निर्णयको हवाला दिँदै राष्ट्रपतिबाट प्रमाणीकरण हुनु असंवैधानिक हो ।’, सचेतक गिरीले भने, ‘त्यसमाथि तत्कालीन सभामुखले हस्ताक्षर गरेको र तत्कालीन राष्ट्रपतिले प्रमाणीकरण नगरेको सरकारी कागजातमाथि अहिलेका राष्ट्रपतिले केरमेट गरेर आफ्नो नाम राखी प्रमाणीकरण गरेँ भन्नु सरासर किर्ते काम हो, यो स्वीकार्य छैन ।’

अहिले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे रहेकोले र तत्कालिन सभामुख अग्नि सापकोटा हुँदा राष्ट्रपतिमा रामचन्द्र पौडेल नभएको भन्दै सापकोटाको हस्ताक्षर भएको विधेयक प्रमाणीकरणको संवैधानिक ढाँचामा राष्ट्रपति पौडेलले हस्ताक्षर गर्नु किर्ते काम भएको उनको भनाई छ ।