१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा : आजको बैठकमा एमालेले प्रधानमन्त्रीको जवाफ माग्ने



अ+ अ-
काठमाडौँ । प्रमुख प्रतितिपक्षी दल नेकपा (एमाले)ले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग जवाफ माग्ने भएको छ । आज विहान ११ बजे बस्न लागेको संसद बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची छ ।
सो अवसरमा एमालेले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा भारतले नेपाललाई बंगलादेशको फूलबारी बन्दरगाहसम्म रुट उपलब्ध गराए नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा साटफेर गर्न सकिने भन्दै दिएको अभिव्यक्तिको जवाफ माग्ने तयारी गरेको हो ।
एमाले प्रमुख सचेतक पदम गिरीले शनिबार बसेको पार्टीको संसदीय दलको निर्णय अनुसार उक्त निर्णय लिइएको बताउनुभयो । साथै एमालेले आजको बैठकमा सर्वोच्च अदालतको पूर्णपाठ नआउँलै टीकापुर घटनाका दोषी रेशम चौधरीलाई आममाफी दिने विषयमा पनि जवाफ माग्ने निर्णय गरेको छ ।
आज दिउँसो ३ः१ बजे राष्ट्रियसभाका पनि बैठक पनि बस्ने भएको छ ।