२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना

तीन वर्षपछि कर्णालीबाट काँग्रेसको सत्तारोहण

तीन वर्षपछि कर्णालीबाट काँग्रेसको सत्तारोहण
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसले तीन वर्षअघि विसं २०७४ मा आफ्नै नेतृत्वमा स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव गराएको हो । तर कतै पति उ सत्तामा छैन । स्थानीय तहहरुमा केही स्थान काँग्रेसले जितेको भए पनि संघीय र प्रदेश सरकारमा भने छैन । 

काँग्रेसले गराएको सो निर्वाचनको आज सवा तीन वर्ष पूरा भएको छ । तर नेपाली कांग्रेस सवा तीन वर्षपछि पहिलो पटक सत्तामा उक्लिएको छ। आफैले गराएको भए पनि काँग्रेसका लागि सत्तारोहण सम्भव भएन, थिएन । किनभने अघिल्लो संसदीय चुनावमा काँग्रेस तेस्रो पार्टी हुन पुग्यो । 

पहिले चुनावी एकता र त्यसपछि सत्तामा जानु अगावै पार्टी एकताको नारा दिएर तत्कालीन एमाले र माओवादीको गठबन्धन बनेपछि काँग्रेसका लागि सत्ताको यात्रा दूर भएको हो । नभन्दै पछि यी दुई दल मिलेर नेकपा बन्यो, उनीहरु र मधेशी दल समेतले दिएको समर्थनबाट सरकार झण्डै दुई तिहाई बहुमतको बन्यो । 

त्यसपछि त झन् काँग्रेसले सत्तामा उक्लिन पाउने कुरै भएन । आजका दिनसम्म अर्थात सवा तीन वर्षसम्म काँग्रेस सत्ता बाहिरै थियो । तर अहिले सत्ता पल्टिएको छ । जब नेकपामा दरार मात्र उत्पन्न भएन, तीन चिरा पर्यो, अनि काँग्रेस अहिले आएर सत्ताको खेलाडी बनेको छ । 

त्यो नेकपा अहिले ओली, नेपाल खनाल र उता माओवादी अलग्गै बन्यो । यसरी नेकपाल तीन वर्षमा तीन चिरा परेपछि काँग्रेसलाई सत्तामा उक्लिन अलिक सहज बन्यो । परिणामस्वरुप तीन वर्षअघि सत्ता दुर रहेको काँग्रेसले आज मुलुकको सुदूर क्षेत्र कर्णालीबाट सत्तारोहण शुरु गरेको छ । 

प्रदेश सरकारमा उक्लिन सकेको काँग्रेसका लागि केन्द्रको खुड्किलो भने बनेको छैन । बन्ला बन्ला जस्तो दुई दुई पटक भए पनि संघीय संसद भने काँग्रेसका लागि त्यति सहज हुन सकेको छैन । 

दुई हप्ता अघि प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेर विपक्षी गठबन्धन एमालेको नेपाल खनाल पक्ष, माओवादी र जसपाको उपेन्द्र यादव पक्षले दिएपनि प्रधानमन्त्रीले संसद विघटन गरिदिएका छन् । यसरी मुलुकको संघीय संसद दुई दुई पटक राजनीतिक दाउपेचको अचानो बन्न पुगेको छ । पछिल्लो पटक विघटनमा परेको संसदको पुनस्थापनाको बहस सर्वोच्च अदालतमा जारी छ ।  

निर्वाचनपछि कुनै पनि प्रदेश र केन्द्र सरकारमा कांग्रेसका मन्त्री थिएनन्। आइतबार पहिलो पटक कांग्रेस कर्णालीको प्रदेश सरकारमा उक्लिएको हो।

माओवादी केन्द्रका कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा कांग्रेस प्रदेश संसदीय दलबाट दुई जना सांसद मन्त्री बनेका छन्।

जलस्रोत तथा उर्जा विकास मन्त्रीमा जुम्लाका सांसद दिनबन्धु श्रेष्ठ र सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी नियुक्त भएका हुन्।
उनीहरूलाई आइतबार दिउँसो २ बजे प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको सपथ खुवाएका छन्।

संसद पुनस्थापना नभए लगत्तै अर्को चुनाव हुनसक्छ । भए पनि अबको संसदको अवधि पूरा २ वर्ष पनि छैन । त्यसैले सत्तामा नजाने एकधारका काँग्रेसको मत रहे पनि आज सत्तामा उक्लिन पुगेको छ । 
 
तर पनि मुलुकको सुदूर क्षेत्रबाट तय भएको काँग्रेसको सत्ताको बाटो काठमाडौंसम्म आइपुग्न सजिलो छैन । किनभने त्यो बाटो अहिले कानूनका नौ सिंगको झमेलामा फसेको छ । त्यो कसरी पार लाग्ने हो पत्तो छैन ।  
तर सत्तारुढ दलमा देखा परिरहेको विग्रहको फाइदा लिनका लागि नै काँग्रेसले सत्ताको बाटो तय गरेको धेरैको बुझाइ छ । त्यसले अहिल्यै र अबको निर्वाचनमा काँग्रेसलाई राजनीतिक फाइदा होला नहोला भनेर आँकलन गर्ने बेला भने भइसकेको छैन ।