६ भाद्र २०८३, शनिबार
,
Latest
काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा प्रदीप गिरीको स्मृतिमा नेपाली काँग्रेसद्वारा ‘फेलोसिप’ र निवन्ध पुरस्कार घोषणा लोकतन्त्रलाई लयमा फर्काउन र बरालिएको व्यवस्थालाई व्यवस्थित् गर्न अग्रगामी मोर्चाको हस्तक्षेपकारी भूमिका : प्रभु साह रसुवाको नयाँ ‘टुरिस्ट हब’ बन्दै भाङ्गे झरना-फोटो फिचर कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु लागुऔषधसहित तीन जना पक्राउ पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’ बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु एमालेले मानेको जबज भनेको पुँजीवाद हो- झलनाथ खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनाइटेडलाई हराउँदै सिटीले जित्यो एफए कपको उपाधि



अ+ अ-

लण्डन । एफए कपको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ । भर्खरै सम्पन्न खेलमा सिटीले शहरी प्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडलाई २–१ गोलले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।

लण्डनको वेम्बले मैदानमा भएको फाइनलमा सिटीलाई उपाधि दिलाउन इल्काए गुन्डोवानले दुबै गोल गरे भने युनाइटेडका ब्रुनो फनान्डेजले एक गोल फर्काए । खेलको पहिलो मिनेटमा नै गुन्डोवानले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

३३ औं मिनेटमा फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई १–१ को बराबरीमा ल्याए । डी–बक्सभित्र सिटीका ज्याक ग्रिलिसको ह्याण्ड बल भएपछि युनाइटेडले पेनाल्टीका पाएको थियो । खेलको ५१ औं मिनेटमा गुन्डोवानले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे ।

त्यसपछि खेलमा थप गोल हुन सकेन र सिटी च्याम्पियन बन्यो । जारी सिजनको प्रिमियर लिग उपाधि समेत जितेको सिटी च्याम्पियन्स लिगको फाइनल खेल्न बाँकी छ । च्याम्पियन्स लिग पनि जितेमा सिटीले ‘ट्रेबल’ उठाउनेछ ।