७ पुष २०८२, सोमबार
,
Latest
‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा भेटिए लेखापाल



अ+ अ-

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका छन् ।

शनिबार बिहान सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन् ।

बिहान ६ः५० बजेतिर उनी जलिरहेको अवस्थामा भेटिएका थिए । उनी आज बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेको खुलेको छ । आगोले शरीरका अधिकांश भाग जलेका कारण उनको अवस्था गम्भीर छ ।

गम्भीर अवस्थाका ढकाललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्‍याइएको छ । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा उनले आफैंलाई आगो लगाएको देखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।