• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

एफए कपको उपाधिका लागि दुई म्यान्चेस्टर क्लब भिड्दै



एजेन्सी । एफए कपको फाइनल आज (शनिबार) हुँदैछ । उपाधिका लागि दुई म्यान्चेस्टर क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटी र तेस्रो स्थानमा लिग सकाएको म्यान्चेस्टर युनाइटेडबीच कडा भिडन्त हुँदैछ । फाइनल खेल (म्यान्चेस्टर डर्बी) लण्डनको वेम्बले स्टेडियममा साँझ ७ः४५ सुरु हुनेछ ।

प्रिमियर लिग जितिसकेको र च्याम्पियन्स लिगको फाइनलमा पुगेर बसेको सिटी एफए कप जित्दै ‘ट्रेबल’ उठाउने दाउमा छ । यता, पछिल्ला खेलहरुमा सानदार प्रदर्शन गरेको युनाइटेड पनि सिटीलाई सजिलै उपाधि दिन चाहँदैन ।