१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापतिद्वारा काजी वंशराज पाँडे सत्तल उद्घाटन



अ+ अ-

काठमाडौँ । नेपाली सेनाको ‘क्युआइपी’ अन्तर्गत उपत्यका पृतना हेटक्याटरले काठमाडौँको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित मनकामना मन्दिर परिसरमा निर्माण गरेको काजी वंशराज पाँडे सत्तलको आज प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभयो ।

श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाहको अगुवाइमा नेपाल एकीकरण अभियानअन्तर्गत कीर्तिपुरको लडाइँमा विसं १८१४ ज्येष्ठ १९ गते वीरगती प्राप्त गर्नुभएका काजी कालु पाँडेको स्मृति दिवसको अवसरमा प्रधान सेनापतिले सोही स्थानमा रहेको उहाँको स्मारकमा माल्यार्पण पनि भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा सांसद कृष्णगोपाल श्रेष्ठ, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, बलाधिकृत रथी सरोजप्रताप राणा, बलाध्यक्ष रथी सिताराम खड्का, रथीबृन्द, अधिकृत, स्थानीय जनप्रतिनिधिका साथै काजी कालु पाँडे, काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानका पदाधिकारीको उपस्थिती थियो । रासस