१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापतिद्वारा काजी वंशराज पाँडे सत्तल उद्घाटन



अ+ अ-

काठमाडौँ । नेपाली सेनाको ‘क्युआइपी’ अन्तर्गत उपत्यका पृतना हेटक्याटरले काठमाडौँको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित मनकामना मन्दिर परिसरमा निर्माण गरेको काजी वंशराज पाँडे सत्तलको आज प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभयो ।

श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाहको अगुवाइमा नेपाल एकीकरण अभियानअन्तर्गत कीर्तिपुरको लडाइँमा विसं १८१४ ज्येष्ठ १९ गते वीरगती प्राप्त गर्नुभएका काजी कालु पाँडेको स्मृति दिवसको अवसरमा प्रधान सेनापतिले सोही स्थानमा रहेको उहाँको स्मारकमा माल्यार्पण पनि भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा सांसद कृष्णगोपाल श्रेष्ठ, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, बलाधिकृत रथी सरोजप्रताप राणा, बलाध्यक्ष रथी सिताराम खड्का, रथीबृन्द, अधिकृत, स्थानीय जनप्रतिनिधिका साथै काजी कालु पाँडे, काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानका पदाधिकारीको उपस्थिती थियो । रासस