१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा उपाध्यक्षहरुलाई विभाग संयोजनको जिम्मा



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले उपाध्यक्षहरुलाई विभागहरुको संयोजन गर्ने जिम्मेवारी तोकेको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयल बैठकले जिम्मेवारीमा हेरफेर गर्दै वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुलाई जिम्मेवारी तोकेको हो ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार योजना तथा नीतिसँगसम्बन्धी विभागको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पूर्वाधार र विकाससँग जोडिएको विभागमा सुरेन्द्र पाण्डे, कृषि तथा उद्यमशीलतासम्बन्धी विभागमा रामबहादुर थापा, सामाजिक विकाससम्बन्धी विभाग अष्टलक्ष्मी शाक्य, मानवस्रोतसँगसम्बन्धी विभाग युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाहसँग सम्बन्धी विभागका सुवासचन्द्र नेम्वाङ र संगठन तथा प्रशिक्षणसँग सम्बन्धी विभागहरुको संयोजन विष्णु पौडेलले गर्नेछन् ।

साथै, एमालेले संगठन विभागमा काशीनाथ अधिकारी, प्रचारको प्रमुखमा राजेन्द्र गौतमलाई तोकेको छ ।