९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सुनकोशीमा खसेको स्कार्पियो अझै भेटिएन, घटनास्थलभन्दा तल शव फेला परेपनि पहिचान खुलेन

सुनकोशीमा खसेको स्कार्पियो अझै भेटिएन, घटनास्थलभन्दा तल शव फेला परेपनि पहिचान खुलेन
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । सुनकोशी नदीमा आज विहान ११ बजेको आसपासमा खसेको सीटीईभीटीका कर्मचारी सवार स्कार्पियो अझै फेला परेको छैन ।

भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)बाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खसेको थियो ।

स्कार्पियोमा सवार ३ जना बेपत्ता रहेका छन् । घटनास्थलभन्दा केही पर सुनकोशी नदीमा एक जनाको शव भेटिए पनि पहिचान नभएको सिन्धुली प्रहरी प्रमुख राजकुमार सिलवालले जानकारी दिए । सशस्त्र प्रहरी बलको गोताखोर टोली घटनास्थल आइपुगेतापनि पानीको तीव्र बहाव भएको क्षेत्र भएकाले उद्धार गर्न कठिनाई भएको उनले बताए ।

बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका–९ घर भइ सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वीनवलपरासी प्रगति नगरपालिका-७ का घर भइ हाल योजना महाशाखाका निर्देशक यमप्रसाद घुर्तेल र इलाम घर भइ हाल विद्युत् प्रशिक्षकका रुपमा कार्यरत भानु पौडेल रहेका छन् ।

जीप सडक किनारबाट करिब डेढ सय मिटर तल सुनकोशी नदीमा खसेको थियो । जीपमा ४ जना सवार रहेकोमा चालक कृष्ण चौधरी भने पौडेर निस्कन सफल भएको प्रहरीले जनाएको छ ।

स्कार्पियो अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । बेपत्ताहरूको खोजी भइरहेको प्रहरीले जनायो ।