१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह बन्धनमा बाँधिइन् सोविता गौतम



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतम विवाह वन्धनमा बाँधिएकी छन् । उनले हालै आफ्नो प्रेमी गृहेन्द्र घिमिरेसँग गुपचुपमा विवाह गरेकी हुन् ।

माओवादीमा आवद्ध घिमिरे र सोविता लामो समयदेखि प्रेममा रहेको स्रोत बताउँछ । चितवन घर भएका गृहेन्द्र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाञ्जा पर्छन् । घरमा पूजा लगाएका बेला सानो जमघटमा उनीहरुले लगनगाँठो कसेको बताइएको छ ।

पारिवारिक स्रोतका अनुसार भक्तपुरको कमेरेटारस्थित सोबिताको माइतीघरमा आयोजित धार्मिक अनुष्ठानकै अवसरमा गत साता बैबाहिक विधि पूरा गरिएको हो । यद्यपि, दुवै पक्षले विवाहका तस्विरहरु सार्वजनिक गरेका छैनन् ।

सोविता गत मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ काठमाडौं–२ बाट विजयी सांसद हुन् ।