९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

एशियाली खेलकुद: खेलाडीलाई ढुक्क भएर खेल्ने वातावरण मिलाउन खेलकुदमन्त्रीको निर्देशन

एशियाली खेलकुद: खेलाडीलाई ढुक्क भएर खेल्ने वातावरण मिलाउन खेलकुदमन्त्रीको निर्देशन
अ अ+ अ-

काठमाडौँ । चीनको होङझावमा आयोजना हुने १९ औं एशियाली खेलकुदको तयारी, सहभागिता र व्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषद्मा शुक्रवार सचिवालय स्थापना गरिएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागमा चीनमा आयोजना हुने १९ औं एशियाली खेलकुदको सचिवालय स्थापना गरिएको हो । सचिवालयको उद्घाटन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले गर्नुभयो । उद्घाटन कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ल, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पालगायतको उपस्थिति रहेको थियो ।

सचिवालयको उद्घाटनपछि बोल्दै युवा तथा खेलकुदमन्त्री लिम्बूले एशियन गेम्समा खेलाडीलाई परिणाममुखी बनाउने लक्ष्यका साथ काम गर्न निर्देशन दिनुभयो । नतिजा निकाल्न एकजुट भएर काम गर्न भन्दै मन्त्री लिम्बूले स्वार्थभन्दा माथि उठेर काम गर्न र खेलाडीलाई ढुक्क भएर खेल्ने वातावरण प्रवन्ध गर्न निर्देशन दिनुभयो ।

यस्तै सदस्य–सचिव घिसिङले एशियन गेम्सको तयारीलाई चुस्त बनाउने सचिवालय स्थापना गरिएको र सहभागितालाई सरकारले प्राथमिकतामा राखेको बताउनु भयो । आर्थिक वर्षको बजेटमा सरकारले उल्लेख गरेको र अब विशेष प्रशिक्षणको तयारी भइरहेको समेत जानकारी दिनुभयो । सदस्यसचिव घिसिङले साउन १ देखि भदै १ सम्म खेलाडीको क्लोज क्याम्प राख्ने बताउनु भयो ।

सदस्यसचिव घिसिङले एशियन गेम्समा नेपालले २९ खेलमा सहभागिता जनाउने बताउनु भयो । ओलम्पिक कमिटिमार्फत आयोजकलाई २९ खेलको नाम र खेलाडीको एक्रिडिएसन कार्डका लागि चीनमा पठाईसकेको जानकारी दिनुभयो । राखेपले यसअघि २३ खेललाई एशियन गेम्समा सहभागी गराउने निर्णय गरेको थियो । तर सम्भावना बोकेका र अन्तर्राष्ट्रिय नतिजा र प्रदर्शनका आधारमा ६ खेललाई अन्तिम समयमा थप गरेको छ ।