९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

गगन थापाको चेतावनीः अब देउवाले गरेका गल्ती सहेर बस्दिनँ

गगन थापाको चेतावनीः अब देउवाले गरेका गल्ती सहेर बस्दिनँ
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाबिरुद्ध संघर्ष गर्ने चेतावनी दिनुभएको छ ।

महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभुत मान्यता विपरित रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिबिरुद्ध संघर्ष गर्ने बताउनुभएको हो । प्रेस युनियन नेपालले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टीलाई उठ्नै नदिने गरी सभापति देउवाले सरकारलाई दिएका ती सहमतिहरु आफूलाई सैह्य नहुने बताउनु भयो ।

उहाँले अब पार्टी सभापति देउवाले गर्दै आएका यस्ता गलत निर्णयको संघर्ष गरेर पनि रोक्नुपर्ने भन्दै साथ दिन पार्टीको नेता, कार्यकर्तालाई आह्वान समेत गर्नुभयो । महामन्त्री थापाले पार्टी सभापति देउवाका एकल निर्णयहरु आफूले विगतमा मान्दै आएर गल्ती गरेको उल्लेख गर्दै अव त्यस्तो गल्ती गर्ने पक्षमा आफू नरहेको पनि पटकपटक दोहो¥याउनु भयो । काँग्रेस बदल्नुपर्ने भएकाले आफूले आफैँलाई बदल्न चाहेको उहाँको भनाई थियो ।

महामन्त्री थापाले भन्नुभयो, ‘केही दिन बीचमा नेपाली काँग्रेस संलग्न भएको सरकारले केही गम्भिर, महत्वपूर्ण दीर्घकालीन महत्वको र जनचासोको निर्णयहरु गर्यो । एउटा निर्णय आममाफीको विषयमा । जसको बारेमा साथीले चर्चा गर्नुभयो । एउटा निर्णय नागरिकताको विषयमा । एउटा निर्णय प्रदेश सरकारमा काँग्रेसको सहभागिता, सहभागिताको लागि भएको मन्त्रालय पनि तोडफोड गर्ने विषयको सन्दर्भमा । एउटा निर्णय सरकारले ग¥यो भर्खर सांसद विकास कोषको सन्दर्भमा । यस्ता कैयन विषयहरु छन् । जुन विषयहरु मैले लङ लिस्ट भन्नसक्छु । यी सबै विषयहरुका सन्दर्भमा नेपाली काँग्रेसको पार्टी सभापतिले, मुख्य नेतृत्वले एक्लै गर्नु भएको निर्णयहरु हो । यो निर्णय मैले तपाई भन्दा पछाडि थाहा पाएको हुँ । किनकी पहिला तपाईले थाहा पाउनुभयो । तपाईले बाहिर सम्प्रेषित गर्नुभयो । र, मैले त्यसलाई सुने । अव मैले बदल्ने भनेको यो परिपार्टी गएको एक, डेढ वर्षदेखि चल्दै आएको छ ।

आजको दिनसम्म चल्यो । मैले यसलाई सहँदै आएँ । मैले यसलाई मान्दै आएँ । किन मान्दै आए भने सभापति हो, सभापति बहुमतमा हुनुहुन्छ । सभापतिले गर्नुहुन्छ, सभापतिले कुनै न कुनै दिन गर्नुहोला, मिलाउनु होला भन्ने भयो । मैले बदल्ने भनेको मैले नसहनुपर्ने कुरा सहेको हुनाले अब म सहन्न भन्ने कुरा मैले आफूलाई बदल्ने हो । मैले मान्दिन भन्ने कुरा बदल्ने हो । जुन कुराले पार्टीको हित गरिरहेको छैन । पार्टीको अहिले गरिरहेको कुरा, पार्टीको आधारभुत मान्यतासँग बाँझिने गरी गरिएका जुन निर्णयहरु छन् ।

ती निर्णयहरुको भारी प्रकारान्तरले हामी पार्टीका तमाम सदस्यरुले बोक्नुपर्ने जुन स्थिति बनेको छ । यो गर्नेक्रमलाई रोक्ने हो । यो गर्नेक्रमलाई अब लडेर रोक्ने हो । जुधेर रोक्ने हो । संघर्ष गरेर रोक्ने हो । किन ? यो रोक्न आवश्यक छ । एकपछि अर्को गलत निर्णय गर्दै गयो भने यो भारीले पार्टी यसरी थिचिन्छ, चाहेर पनि यसलाई कसैले उठाउन सक्दैन । कसैले यसलाई बोक्न सक्दैन । म यी विषयहरुका सन्दर्भमा पार्टीमा आफूले गरिरहेको ठाउँबाट म अहिलेसम्म जसरी काम गरिरहेको छु । म यो बाम गर्ने तरिकालाई बदल्न चाहन्छु । किन ? मैले आफूलाई बदलेभने मात्रै मैले पार्टी बदलिन्छ भनेर भन्न पाउँछु । यसरी नै पार्टीका साथीहरु नयाँ भुमिकामा बदलिनु पर्दछ भन्ने ठान्दछु । त्यसको प्रारम्भिक नेपाली काँग्रेसका कुनै पनि सदस्य हामी गुटसँग आवद्ध छौं ।’

महामन्त्री थापाले पार्टीलाई ‘दाई’हरुको पार्टीको रुपमा नभई तल्लो तहका कार्यकर्ताहरुको पार्टीमा रुपान्तरण गर्न आफूले देशव्यापी अभियान चलाउने घोषणा समेत गर्नुभयो ।