• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

मोबाइल खोसेपछि जब बालिकाले होस्टेलमै आगो लगाइन्, १९ जनाको मृत्यु



एजेन्सी । दक्षिण अमेरिकी देश गुयानामा एक युवतीले आफ्नै विद्यालयको होस्टेलमा आगो लगाएकी छन् । आगलागीमा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा होस्टेल वार्डनका पाँच वर्षीय छोरा पनि छन् ।

सुरुमा आगलागीको कारण खुल्न सकेको थिएन । तर अनुसन्धान अघि बढ्दै जाँदा होस्टेलमा बसेकी १४ वर्षीया बालिकाको नाम सार्वजनिक भएको छ । वास्तवमा बालिकाको फोन होस्टेल वार्डनले जफत गरेका थिए । यसबाट आक्रोशित युवतीले वार्डन र होस्टेल प्रशासनलाई पाठ सिकाउन चाहेकी थिइन् । जसका कारण उनले रातिको अँध्यारोमा होस्टेलमा आगो लगाइन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार १४ वर्षीया युवती होस्टेलमा बारम्बार मोबाइल फोन प्रयोग गर्थिन् । तर छात्रावास र विद्यालयमा त्यसो गर्न निषेध गरिएको थियो । जसका कारण होस्टेल वार्डनले उनको फोन जफत गरे । फोन जफत भएपछि युवती रिसाएकी थिइन् र बदला लिने उपाय खोज्दै थिइन् ।

मध्यरातमा जब सबै केटीहरू र वार्डन सुतिरहेका थिए, अभियुक्त युवतीले छात्रावास भित्रैबाट आगो लगाएकी थिइन् । यसक्रममा सबै पाँचवटा निकास ढोकाहरू बन्द गरिएको थियो ।

राति अबेरसम्म भएको आगलागी र ढोका बन्द भएका कारण छात्रावासमा रहेका छात्राहरू समयमै बाहिर निस्कन सकेनन् । त्यहाँ १३ बालिकाको जलेर निधन भयो । बाँकी ६ बालिका र एक बालकको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उक्त दुर्घटनामा आरोपी युवती आफै पनि घाइते भएकी छिन् । घटनाको समयमा उनी पनि होस्टेलभित्रै थिइन् । आगो यति धेरै फैलिन सक्छ भन्ने उनलाई थाहा नभएको बताइएको छ ।