१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

ए डिभिजन: लिग समिकरण रोमाञ्चक होडमा

ए डिभिजन: लिग समिकरण रोमाञ्चक होडमा
अ अ+ अ-

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा २३ औं चरणका खेल सकिँदासम्म उपाधि जित्ने निश्चितता र रेलिगेशन पर्ने टुङ्गो छैन । लिग अन्त्यको संघारमा आइपुगेको अवस्थामा तीन चरणका खेल मात्र बाँकी छन् । तीन चरणका खेल बाँकी रहेको समयमा लिगको अन्त्यमा कस्तो स्वरूप लिने हो र को बच्ने भन्नेमा सबै क्लवलाई चिन्ता छ ।

२३ औं चरणसम्म लिग सकिएपनि तीन चरणका खेल बाँकी रहँदा कुनैपनि टोलीको उपाधि र रेलिगेशन टार्ने सम्भावना यकिन छैन । बाँकी तीन चरणमा कसले कसको बिरुद्ध खेल्ने हो, त्यो निश्चित भएपनि त्यसबारे अन्तिम निर्णय हुन बाँकी छ । जसले गर्दा लिग रोमाञ्चक बनिरहेको छ र लिग समिकरण प्रतिष्पर्धात्मक बनेको छ ।

यसै सिजन बढुवा भएको चर्च ब्वाईजले स्टार खेलाडीलाई समेट्दै लिग आरम्भव गरेसँगै २३ औं चरणमा शीर्ष स्थान लिन सफल भएको छ । ४१ अंक बटुल्दै शीर्षता कायम गरेको चर्च ब्वाईजले ११ खेलमा जित निकाल्दा ८ खेलमा बराबरी र ४ खेल गुमाउन पुगेको छ । चर्च ब्वाईजलाई साविक विजेता मच्छिन्द्रले पछ्याइरहेको छ ।

दुई अंकले मात्र पछि रहेको मच्छिन्द्रले २३ औं चरणसम्म आइपुग्दा १० खेलमा स्पष्ट जित निकाल्दा ९ खेलमा बराबरी र ४ खेलमा नतिजा सुम्पिएको छ । यस्तै दोस्रो स्थानको मच्छिन्द्र भन्दा दुई अंकले पछि तेस्रो स्थानमा रहेको जावलाखेलले भने जारी लिगमा अपेक्षा भन्दा धेरै राम्रो प्रदर्शन गर्नसक्यो । बलियो टोलीबिरुद्ध सुखद् नतिजा निकाल्दा तालिकाको पुछार तिर अड्किएका टोलीसँग जावलाखेलको बिर्सन लायक प्रदर्शन रह्यो । जावालखेलले १० खेलमा जित निकाल्दा ७ खेलमा बराबरी र ६ खेलमा नतिजा गुमाएको छ ।

यस्तै विभागीय टोली नेपालको पहिलो लेगमा खराब प्रदर्शन रहेपनि अन्त्यतिर पुलिसको प्रदर्शन सुधारिएको थियो । गत सिजन पनि पुलिसको प्रदर्शन राम्रो थिएन । धेरैको अनुमान थियो, यसपल्ट पनि पुलिस रेलिगेसनबाट बच्न संघर्षरत हुनेछ । यसैक्रममा पुलिस तेस्रो चरणमा आइपुग्दा सबैभन्दा खराब खेल्ने टिम रह्यो तर अहिले भने पुलिसलाई रेलिगेशन डर कम भएको छ । पुलिस पछिल्ला चारमा स्पष्ट जित निकाल्दै चौथो स्थानमा उक्लिन सफल भएको छ ।

पुलिसले २३ खेलबाट १० खेलमा जित निकाल्दा ४ खेलमा बराबरी र ९ खेलबाट अंक गुमाएको छ । यस्तै शहीद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङले पछिल्ला पाँच खेलमध्ये ३ खेलमा बराबरी र दुई खेलमा जित निकाल्दै स्थान सुधार गरेपनि खेलमा भने अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको छैन । सिजन जारी रहँदा खराब लय रहँदा प्रशिक्षक किरण श्रेष्ठले राजीनामा दिएसँगै र नयाँ प्रशिक्षक विसन गुरुङ जोडिएसँगै टोलीले सुधारिएको खेल देखाउन सक्यो ।

अर्को विभागीय टोली त्रिभुवन आर्मीको पनि २३ औं चरणसम्म आइपुग्दा सन्तुलित खेल भएन । केही अनुभवि खेलाडी विदेश पलायन भएसँगै कमजोर देखिएको आर्मीले छैठौं स्थानमा अटाएको छ । आर्मीले २३ खेलबाट ७ जित निकाल्दा १० खेल बराबरी र ६ खेलमा नतिजा विपक्षी टोलीलाई सुम्पिएको छ । आर्मीको ३० अंक हुँदा शीर्ष स्थानको चर्च ब्वाईजभन्दा ११ अंकले पछि छ र आर्मीको उपाधि अपेक्षा समाप्त भइसकेको छ । अर्को टोली हिमालयन शेर्पाको पनि प्रदर्शन पहिलो लेगमा जस्तो दोस्रो लेगमा भएन । बलिया टोलीसँग सुखद् नतिजा निकाले पनि आपूm भन्दा तल रहेका टोलीसँग खुलेर खेल्न सकेन ।

हिमालयन शेर्पाले २३ खेल सक्दा ७ खेलमा स्पष्ट अंक बटुल्दा ९ खेलमा बराबरी र ७ खेल गुमाउन पुगेको छ । उता सातदोबाटो एकै चरण मात्र शीर्षमा टिक्यो, तर जावलाखेलसँग २–१ ले पराजित भएपछि तेस्रो स्थानमा झरेको थियो । त्यसपछिको डाउन फल भएको सातदोबाटाको प्रदर्शन राम्रो हुन सकेन । पछिल्ला पाँच खेलमा सातदोबाटोले लगातार चार खेलमा नतिजा गुमाउँदा शीर्ष स्थानको होड कमजोर बन्यो । सातदोबाटो २९ अंकका साथ आठौं स्थानमा रहँदा जारी लिगमा ८ खेलमा जित, ५ खेल बराबरी र १० खेल गुमाउन पुगेको छ ।

समान २९ अंक रहेको न्युरोड टिम पनि २३ औं चरणसम्म आइपुग्दा सन्तुलित प्रदर्शन गर्न सकेको छैन । पछिल्ला पाँच खेलमा दुई जित दुई बराबरी र एक खेल गुमाएको न्युरोड टिमको रेलिगेशन भय बाँकी नै छ । पुछारको खुमलटारले २४ अंक जोडेको छ । तीन खेल मध्ये सबैमा सुखद् नतिजा निकाले खुमलटारको समिकरणबाट बदलिनेछ र छैठौं स्थान देखिको टोलीलाई उत्तिकै डर रहेको छ ।

यस्तै अर्को विभागीय टोली एपिएफले शुरुवात राम्रो गरेपनि पछिल्ला पाँच खेलमध्ये दुई जितले राहत मिल्यो । यद्यपि एपिएफलाई रेलिगेशन बच्ने निश्चिता छैन । खराब लयलाई अनुभवि प्रशिक्षक मेघराज केसीले तोड्न सकेका छैनन् ।

थ्री स्टारका साख कमजोर बन्दै गएको छ । पछिल्ला पाँच खेलमध्ये थ्री स्टारले चार खेलमा नतिजा सुम्पिँदा एक खेलमा बराबरी खेलेको छ । थ्री स्टार २७ अंकका साथ तालिकाको ११ औं स्थानमा छ । अर्को टोली संकटालाई पनि यो सिजन रेलिगेशन बच्ने सोच भन्दा माथि उठ्नका लागि मौका नै मिलेन । १२औं स्थानमा रहँदा संकटा रेलिगेशन भन्दा एक स्थानमाथि मात्र छ । ६ खेलमा मात्र स्पष्ट जित निकालेको संकटाले ९ खेलमा बराबरी खेल्दा ८ खेलमा नतिजा सुम्पिएको छ । पुछारमा रहेका फ्रेण्ड्स र खुमलटार भने रेलिगेशन बच्नका लागि संघर्ष गरिरहनुपर्ने भएको छ ।