२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक: सल्लाह गर्दागर्दै राष्ट्रपतिले भ्रमणकै दिन पार्नुभयो– प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमणलाई नागरिकता विधेयकसँग जोडेर हेर्न नहुने बताउनुभएको छ ।

नयाँदिल्लीमा पत्रकारहरुसँगको कुराकानीमा उहाँले नागरिकता विधेयक भारत भ्रमणकै दिन प्रमाणीकरण हुनु संयोग मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले पहिले नै राष्ट्रपतिजीले प्रमाणीकरण गर्नुपर्छ भन्ने खोजेकै थिएँ । राष्ट्रपतिले सल्लाह गर्दैगर्दै जाँदा त्यही दिन पर्न आयो । म पहिला नै प्रमाणीकरण होस् भन्ने पक्षमा थिएँ ।”

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणसँग नजोडियोस् भन्ने आफ्नो पहिल्यैदेखि चाहना भएको प्रष्ट पार्नुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रधानमन्त्रीको भारत भ्रमणकै दिन प्रमाणीकरण गर्नुभएको थियो । उक्त विधेयक प्रमाणीकरण भएपछि चौतर्फी आलोचना भइरहेको छ ।