१५ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे शिक्षक हत्याः आरोपितको नामावली सार्वजनिक कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनकोशीमा जीप खस्दा बेपत्ता तीन जनाको खोजी जारी, गोताखोर बोलाइयो



फाईल फोटो
अ+ अ-

काठमाडौं । मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट सुनकोशीमा जीप खस्दा बेपत्ता तीन जनाको खोजी कार्य जारी छ ।

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीका कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको जीप सुनकोशीमा खसेको थियो ।

जीपमा चार जना सवार रहेकोमा चालक कृष्ण चौधरी जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था अज्ञात रहेको छ ।

गाडी सडक किनारबाट करिब डेढ सय मिटर तल खस्दा बेपत्ता हुनेमा सीटीईभिटीका निर्देशकद्वय कृष्णबहादुर केसी र यामप्रसाद भुर्तेल तथा प्राविधिक अधिकृत भानु पौडेल रहेको प्रहरीले जनाएको छ । उनीहरूको उद्धारका लागि गोताखोरको टोली बोलाइएको छ ।