२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनौठो प्रतियोगिताः सबैभन्दा मोटो मानिस विजयी, मोटाउनका लागि रगत पिउने



अ+ अ-

एजेन्सी । संसारमा धेरै प्रकारका जनजातिहरू पाइन्छन् । यी जनजातिहरूको खानपान र जीवनशैली बिल्कुलै फरक हुन्छ । कुनै जनजातिहरूले अझै पनि हजारौं वर्ष पुरानो परम्परालाई पालना गर्छन् । उनीहरु जहाँ बस्छन्, त्यहाँ उनीहरुको पूर्ण अधिकार हुन्छ । देशका सरकारहरूले पनि अधिकारमा हस्तक्षेप गर्दैनन् । जनजातिहरूले धेरै अनौठा परम्पराहरू पछ्याउँछन्, जसको बारेमा थाहा पाउँदा अचम्म लाग्छ ।

संसारमा पाइने जनजातिहरूमध्ये एक इथियोपियामा बस्ने ‘बोदी जनजाति’ पनि हो । यो जनजातिले धेरै अनौठो परम्परा पछ्याउँछ । यो परम्पराको बारेमा थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ । संसारमा सबैजना सुन्दर देखिन चाहन्छन् र यसका लागि मानिसहरुले अनेक उपाय अपनाउँछन् तर इथियोपियाको बोदी जनजातिमा सबैभन्दा मोटो व्यक्तिलाई नायक मानिन्छ ।

बोदी जनजातिमा एक प्रतिस्पर्धा हुन्छ, जुन करिब ६ महिनासम्म चल्छ । यस प्रतियोगितामा सबैभन्दा मोटो व्यक्तिलाई विजेता मानिन्छ । यो उपाधि जित्नका लागि बोदी जनजातिका मानिसहरू गाईको दूध र रगत पिउने गर्छन् । प्रतियोगितामा उपाधि जित्ने व्यक्तिलाई जीवनभर हिरो मानिन्छ ।

इथियोपियामा बसोबास गर्ने जनजातिहरूले आफ्नो जीवनको लागि पशुपालन गर्छन् । यस जनजातिका पुरुषहरू नाङ्गै रहन्छन् र कम्मरमा कपासको पट्टी बाँध्छन् । मिडिया रिपोर्टका अनुसार यस प्रतियोगितामा अविवाहित केटाहरूले मात्र भाग लिनेछन् ।

प्रतियोगितामा सहभागी हुनेहरुलाई छुट्टाछुट्टै कोठामा राखिन्छ । यी मानिसहरु धेरै खानपान पाउँछन्, जसले गर्दा उनीहरु मोटो हुन सक्छन् । यी मानिसहरु ६ महिनासम्म गाईको रगत मिसाएर गाईको दूध पिउने गर्छन् । यसो गर्नाले चाँडै मोटाइन्छ भन्ने विश्वास यि मानिसहरुको हुन्छ । यस समयमा यी व्यक्तिहरूले सम्बन्ध बनाउन सक्दैनन् ।

मिडिया रिपोर्टका अनुसार बोदी जनजातिमा गाईलाई निकै पवित्र मानिन्छ । जसका कारण गाई मार्न सकिँदैन । गाईको नस काटेर रगत निकालेर माटोले बन्द गरिन्छ । गाईको ज्यान जोखिममा नहोस् भन्ने विशेष ख्याल राखिएको छ । रगत र दूधको मिश्रणलाई बलियो बनाउनु अघि पिउनुपर्छ । प्रतियोगिताको दिन झुपडीबाट निस्कनुअघि पुरुषहरूले शरीरलाई माटो र खरानीले छोप्छन् ।

प्रतियोगिताको तयारीका क्रममा कहिलेकाहीँ मानिस ६ महिनामै यति मोटो हुन्छ कि हिँड्न पनि गाह्रो हुन्छ । सबैभन्दा मोटा व्यक्तिको चयनपछि, जनावरलाई पवित्र ढुङ्गाले बलि चढाइन्छ र त्यसपछि प्रतियोगिता समाप्त हुन्छ । यसपछि पुरुषहरू सामान्य जीवन बिताउँछन् ।

 




भर्खरै